जनकपुरधाम । मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले अहिलेसम्म गाडी, मोबाईल, ल्यापटपलगायतका सामग्री फिर्ता गरेका छैनन् ।

पदबाट मुक्त भएको दुई महिना हुन लाग्दा समेत उनले जिन्सी सामान फिर्ता गरेका छैनन् ।

मुख्यमन्त्रीको रुपमा सुविधास्वरुप लिएका जिओनी कम्पनीको एक थान मोबाइल, एप्पलको मोबाइल एक थान, एप्पल कै म्याकबुक एयर एक थान, डेलको ल्यापटप एक थान र प्रदेश ०२–००१ झ १९३ नम्बरको स्कारपियो गाडी फिर्ता नगरेको सरकारी स्रोतले जनाएको छ ।

त्यस्तै उनका स्वकीय सचिव दिपक यादवले एक थान मोबाइल फिर्ता नगरेको ती कर्मचारीले जनाए ।