राजविराज । सप्तरीको राजविराज नगरपालिका–११ स्थित पम्प नहरको भित्री सडकमा स ४ प ३२७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक तिलाठी कोईलाडी गाउँपालिका–२ लौनियाका ५० वर्षीय श्याम मण्डलको मृत्यु भएको हो ।

बुधबार राति १० बजेतिर दुर्घटनामा परि गम्भीर घाइते भएका मण्डलको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा राति पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृतक मण्डल कुस्तीका पूर्वराष्ट्रिय खेलाडी थिए ।