राजविराज । सप्तरीमा आफ्नै घर अगाडि लडेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तकोशी नगरपालिका-८ बलारदह मंगल हटियाका २२ वर्षीय श्रीकान्त दास रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आफ्नै घरको गेट बाहिर लडेर अचेत अवस्थामा रहेका दासलाई उनको दिदीले देखेपछि उठाएर घरको आँगनमा ल्याएकी थिइन् ।
बिहान ९ बजे स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारका लागि स्थानिय स्वास्थ्य चौकी फतेपुर सप्तरी लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिएका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !