जनकपुरधाम । रामस्वरूप् रामसागर बहुमुखी क्याम्पस जनकपुरधाम मा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन चुनावमा सभापति पदमा नेपाल विद्यार्थी संघ का मनिष यादव ११४८ मतले विजयी भएका छन ।
त्यसै ग़री सचिव पद बाहेक नेविसंघ का अन्य प्रत्याशी पनि विजयी भएका हुन । निर्वाचित भएपछि मनिष यादव संग को कुराकानी का अंश ।
निर्वाचित हुनुभयो के-के गर्नुहुन्छ त अब ?
विगत कैयौ वर्ष देखी स्व.वि.यु निर्वाचन केहि कारणले स्थगित भए पनि एक विद्यार्थी नेताले वहन गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी निर्वाह गरेकै छु र आगामी दिनमा विद्यार्थीको हकहित तथा क्याम्पस प्रशासन लाई सुदृढ़ गराउन संघर्ष जारी रहने छ ।
नेपाल विद्यार्थी संघको नेतृत्व रहेको क्याम्पसमा अध्ययनरत छात्र छात्राले व्यवसायिक वातावरणमा अध्यन गरेको अनुभूति भएको व्याख्यान गर्छन ।
क्याम्पसमा का लागि पहिला पनि गरेकै छु अझै धेरै थोक गर्न बाकि छन । उचित छात्रावास , भौतिक सरंचनाहरुको सुदृढ़ीकरण व्यसायिक शिक्षण को वातावरण लगायत का थुप्रै कार्यहरु मेरो लक्ष्यमा रहेको छ यसका साथै भविष्यमा परिस्थिति अनुकुलको निर्णय लिने र त्यसलाई कार्यन्वयन गर्ने पुर्ण पहल हुने विश्वास जाहिर गर्न चाहन्छु ।
क्याम्पसमा सर-सफाई,बैंकिंग व्यवस्था विद्यार्थी का हकहित को लागि आवाज सहित को मेरो यात्रा ले मलाई यस जितको पात्र बन्न सफल बनाएको हो र यसको ऋण पकै पनि ब्याज सहित बुझाउने छु ।
जुन आशा विश्वासले मलाई नेतृत्व को जिम्मेवारी दिइएको छ त्यसमा म पूर्ण रूपले आफ्नो सफल प्रस्तुतिकरण देखाउने छु ।
तपाईको राजनीति क्याम्पस भित्र मात्रै हो ?
वास्तवमा भन्ने हो भने मनकारी विचारधारा ले अभिप्रेरित एक व्यक्तितत्व को रुपमा आफ्नो यात्रा मा संघर्ष गर्दैछु । राजनीति एउटा बाटो मात्र हो क्याम्पस होस समाज देश वा अन्य कुनै पनि संघ संस्थानमा सकारत्मक परिवर्तन गर्न का लागि एउटा बाटो रोजनै पर्छ । क्याम्पस सँग सँगै धार्मिक समाजिक अनुष्ठान हरुमापनि मेरो उतिकै सहभागिता रहने गरेको छ ।
पीडिरिया माई पुजा समितको जिम्मेवारी पाएको वेला नमुना कार्य नै गरेको छु । हामी नेतृत्व को समितिले पीडिरिया माई मन्दिर को सौंर्दयकरण सहित भव्यताका साथ धार्मिक अनुष्ठान लाई पनि ईमानदारी साथ पुरागरेको छु ।
ने.वि.संघ को जिमेवारी पुरा गर्न साथ पार्टी तथा पार्टी को विभिन संगठन समाज र युवा का लागि पहिला पनि अहोरात्र खटेको छु र आगामी दिनमा पनि खटने छु ।
ऐतिहासिक क्याम्पसको छवि धुमिल भएको हो ?
विगत का सकारत्मक विचार र प्रसिद्धिहरु लाई आत्मसात गरेर कार्य गर्ने लक्ष्य भएकोले नकारात्मकता लाई सकारत्मकता तर्फ मोडने अग्रसर हुन मेरो अठोट छ ।
क्याम्पसको छवि लाई बलियो र सकारत्मक बनाउन हामी विद्यार्थी र क्याम्पस प्रशासन एकढिक्का भई अवश्य कार्य गर्नेछु । अनुशासन र संयमता का साथ सदभाव युक्त नेतृत्व को भुमिका नै मेरो प्रथम लक्ष्य र प्राथमिकता हुनेछ ।
यसका साथै निर्वाचित सम्पूर्ण साथी संग एकब्द्धता कायम ग़री आफ्नो कार्यकाल लाई पूर्णता दिनेछु ।
Discussion about this post