सप्तरी। सप्तरीमा जवर्जस्तीकरणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई कारागार चलान गरिएको छ ।
जवर्जस्ती करणी मुद्दामा राजविराज नगरपालिका वडा नंं ९ का ४२ वर्षीय मो. जावुल मिँयालाई कारागार चलान गरिएको छ ।
मियालाई जबरजस्ती करणी मुद्दामा सप्तरी जिल्ला अदालतले २०७० साल चैत २० गतेका दिन ६ वर्ष कैद हुने गरी फैसला सुनाएको थियो ।
फरार रहेका मियालाई शनिबार पक्राउ गरी आइतबार सप्तरी जिल्ला अदालतमा हाजिर गराई ६ वर्ष कैदको लागि सप्तरी कारागार राजविराज पठाईएको सप्तरी प्रहरीले जनाएको छ ।
Discussion about this post