जनकपुरधाम। जनकपुरधामको वडा नं. १४ रजौल स्थित प्रस्तावित  रामजानकी अन्तराष्ट्रिय बहुद्देश्य रंगशालाको प्रचार प्रसारका लागि हुन लागेको मेयर कप २०७९ टि २० क्रिकेट प्रतियोगीताको टिम र समूह सार्वजानिक भएको छ ।

कुल १२ टिमहरुलाई आयोजकले ४ समूहमा विभाजन गरि सार्वजानिक गरेको छ ।

प्रतियोगीताको सहजीकरण गरिरहेको धनुषा जिल्ला क्रिकेट संघले गोलाप्रथाद्वारा टिमहरुलाई चार समुहमा विभाजन गरि चारवटै समूहको नामांकरण समेत मिथिलाका उत्कृष्ट शब्दहरुले गरिएको छ ।

समुहहरुको क्रमश जानकी, वैदेही, मैथिली र भूमिजा नामांकरण गरिएको छ । यि चारवटै नामले माता सितालाई हिन्दुहरुले पुकार गर्ने गर्दछ ।

जानकी समूहमा जनकपुरधाम, महोतरी र सिरहा, वैदेही समुहमा हेटौडा, रौतहट र बारा, मैथिलीमा काठमाण्डौं, सप्तरी र पोखरा तथा भुमिजामा विराटनगर, सर्लाही र पर्साका टिमहरु समावेश भएका छन् ।

संघका अध्यक्ष गुड्डु पाण्डले २३ गते हुने समुदघाटनमा भब्य रुपमा उपस्थित भई रंगशाला निर्माणको अभियानमा आफनो सहभागिता जनाउन आग्रह गरेका थिए।