जनकपुरधाम,चैत्र २३ गते । मधेस प्रदेश को राजधानी जनकपुरधाम स्थित निर्रमाणधिन  रामजानकी बहुउद्देश्यीय रंगशाला जनकपुरधाममा आजदेखि जनकपुरधाम मेयर कप टी २० क्रिकेट प्रतियोगिता शुभारम्भ भएको छ।

सो क्रिकेट प्रतियोगिता को प्रदेश सांसद रामसरोज यादवले बैटिङ र प्रदेश सांसद रामअशिष यादव र दिपेन्द्र ठाकुर ले बलिङ गरेर उदघाटन गरेका छन।

कार्यक्रम का अधिकांश वक्ताहरूले जनकपुरधाममा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय स्तरका श्री रामजानकी बहुउद्देश्यीय रंगशाला निर्माण का लागि अाफुहरु सक्दो सहयोग गर्ने कुरामा जोड दिएका छन।

जनकपुरधाम उपमहानगरपालिका का नगर प्रमुख मनोज साहको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा प्रदेश सांसदहरु राम सरोज यादव,रामअशिष यादव,दिपेन्द्र ठाकुर ,मटिहानी नगरपालिका का नगर प्रमुख हरिप्रसाद मंडल,जलेश्वर नगरपालिका का नगर प्रमुख सुरेश सोनार,नगराईन नगरपालिका का नगर प्रमुख विनय यादव,क्यान का कोषाध्यक्ष रोशन सिंह ,युवा अभियन्ता सरोज मिश्रा,रामजानकी रंगशाला का प्रणेता दिनेश पुर्वे सहितका वक्ताहरूले खेल र खेलाडी को विकास सम्बन्धमा विचार व्यक्त गरेक थिए।

सो क्रिकेट प्रतियोगितामा मधेस प्रदेशका ८ जिल्ला सहित काठमाडौ ,हेटौंडा का १२ वटा टिमका खेलाडी हरु को सहभागिता रहेका छन।