जनकपुरधाम । जनकपुरधामको जनकचोकभन्दा उत्तरतर्फ अवस्थित करोडौं मूल्य बराबरको २ कट्ठा ५ धुर ३ कनमा जग्गाको किर्ते लालपुर्जा बनाएको आरोप लागेका प्रकाशजंंगलाई प्रहरीले पक्राउ पूर्जी जारी गरे लगतै राणा फरार भएका छन् ।

जग्गाधनी देशपालसिंह हमालले सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिन चाहे पनि उ अझै फरार रहेको जनाएको छ ।

उनी जनकपुरधामको विभिन्न चोकहरु खुलेयाम चिया पसलमा चिया खाएको तथा गफ गरी रहेको सर्वसाधारणले हेरे पनि उनलाई नियन्त्रणमा लिन प्रहरीले तादरुकता नदेखाएपछि अपराधिक गतिविधिमा संलग्न हुनेहरुको मनोवल दिनप्रतिदिन बढ्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषामा भदौ ३१ गते दर्ता भएको सरकारी कागज किर्ते र ठगीसम्बन्धी उजुरी परेको थियो ।

‘मेरी आमाको नाममा रहेको १७० नम्बर कित्ताको जग्गा प्रकाशजङ्ग राणाले आफ्नो नाममा दर्ता गराइ गुठी संस्थानमा उक्त जग्गाको मालपोत पनि आफ्नै नामबाट कटाएको देखिन्छ’ जाहेरवाला हमालले भने । तर मालपोत कार्यालयको प्लटबुकमा भने जग्गाधनी महलमा अझै पनि गीता रानी हमालकै नाम उल्लेख रहेको छ ।

‘प्लटबुकमा मेरी आमाको नाम हुनु अनि गुठी संस्थानमा नक्कली लालपुर्जाको आधारमा मालपोत तिरेको रसिद काट्नु सरकारी कागज नक्कल गर्नुभएन ? ’ हमालले भने ।

जनकचोकको ठिक दक्षिणमा अवस्थित उक्त जग्गाको न्यूनतम मूल्य प्रतिधुर ४० देखि ५० लाख रुपैयाँसम्म पर्छ । यसरी करीब २३ करोड रुपैयाँ बराबरको ४५ धुर ३ कनमा जग्गा किर्ते कागजको आधारमा आफ्नो नाममा दर्ता गराएको आरोप देशपालसिंह हमालले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा उजुरी परेदेखि राणा भने केही दिन सम्पर्कविहीन भएका थिए तर प्रहरी प्रशासनकै मिलेमतोमा अहिले खुलेआम घुमफिर गर्नुका साथै मुद्दासमेत कमजोर पार्ने चलखेलमा दिन रात लागेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मुद्दा अगाडि बढएको बताउँदै मुद्दालाई कमजोर पार्ने चलखेलमा लागेका छन् ।
जवकी मालपोत र नापी कार्यालयले सम्बन्धित सबै जवाफ जिल्ला प्रहरी कार्यालयलाई दिइसकेको छ ।
राणाले शिवशंकरप्रसाद साह नाम गरेको व्यक्तिबाट ७ धुर ३ कनमा र रामसती शर्मासंग ७ धुर जग्गा बेचेको पाइएको छ भने मालपोतबाट मिसिललगायत कागज गायब रहेको छ ।

किर्ते लालपुर्जा बनाइ बेचेका जग्गा यी दुबै जनाको नाममा रहेको छ । यस सम्बन्धमा प्रतिक्रिया धनुषाका एसपी विश्वराज खड्का यसबारे अझ अनुसन्धान भइरहेको छ, र जिल्ला प्रहरी कार्यालयबाट पक्राउ पूर्जी जारी भए लगतै राणाको घरमा छापामारीसमेत गरिसकेका छौँ, र हालसम्म पक्राउ पर्न सकेको छैन त्यसमा हाम्रो टोली प्रयासरत रहेको बताएका छन् ।
उनले भने राणाको लोकेशन ट्रेश गर्दा उनको ठेगाना माइतिघर तिलगंगामा रहेको बताएका छन् ।