गौशाला  । महोत्तरीको गौशालामा आफ्नै श्रीमान र नन्द मिलेर विष सेवन गराई एक महिलाको हत्या गरेका छन्।

जिल्लाको गौशाला नगरपालिका वडा न. ४ रजखोर निवासी करिब ३८ वर्षीय श्रीमान उमेश साहले आफ्नै श्रीमतीलाइ कुटपिट गरि विष सेवन गराई हत्या गरेको युवतिका माइती पक्षको आरोप छ । जसमा नन्द करिब २७ वर्षीय आशा साहको पनि संलग्नता रहेको मृत युवतिको बुबा बलि साहको भनाइ छ।

उनका अनुसार गएराति शुक्रबार श्रीमान र नन्द मिलेर युवतिलाइ मरणासन्न हुनेगरि कुटपिट गरि विष सेवन गराएका थिए। विष सेवनबाट घाइते युवतिलाइ उपचारको लागि गौशालाको प्राथमिक स्वास्थ्य केन्द्रमा राति नै ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछी बर्दिबासको साइमल्टी स्पेस्यालिटि ट्रमा सेन्टरमा उपचारको क्रममा युवतिको राति साढे १२ बजेको समयमा मृत्यु भएको बुबा साहले बताए।

मृतक युवतिको उमेश साहसंग विवाह भएको ६ वर्ष बितीसकेको छ । उनको ३ वर्षीय छोरी र ७ महिनाको एक छोरा छ । श्रीमान र श्रीमतीविच वर्षौदेखि आपसी विवाद हुदै आइरहेको थियो। श्रीमानले मृतक युवतिलाइ मन नपराएको र सोहि विषयलाइ लिएर पटक पटक कुटपिट ,झैँझगडा र विवाद हुने गरेको छरछिमेकले बताए।

आफ्नो छोरीलाइ विष सेवन गराई हत्या गरेको आरोप लगाउदै मृतक युवतिको माइती पक्षले हत्यामा संलग्न श्रीमान र नन्दलाइ कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।

युवतिको हत्या गरेको आशंकामा प्रहरीले श्रीमान उमेश साहलाइ पक्राउ गरेको र नन्द आशा फरार रहेकोले उनको खोजिकार्य भईरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।प्रहरीका अनुसार मृतक साहको  अहिले जलेश्वर अस्पतालमा पोस्टमाटमका लागि लगिएको छ।

प्रतिक्रिया!!

सम्बन्धित खबर