जनकपुरधाम । मानव अधिकार रक्षक जिल्ला संजालको सहकार्यमा संजाल गठन गरिएकाे छ ।
महोत्तरीको पिपरा गाउँपालिकाको आयोजना र महिला पुर्नस्र्थापना केन्द्र (ओरेक) तथा महिला मानव अधिकार रक्षक जिल्ला संजालको सहकार्यमा महोत्तरीको पिपरा गाउँपालिकामा, गाउँपालिका स्तरिय महिला मानव अधिकार रक्षक संजाल गठन गरिएको छ ।
पिपरा गाउँपालिकाकी उपाध्यक्ष वन्दना पान्डेयको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सर्वसहमतिबाट रक्षक संजाल गठन गरिएको छ ।
महिलाहरुको मानव अधिकार रक्षा गर्ने उद्देश्यले उक्त संजालको गठन गरिएको तथा यसले महिलाहरुको मानव अधिकार रक्षमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास रहेको उपाध्यक्ष पान्डेयले जानकारी दिइन् ।
कार्यक्रममा उपाध्यक्ष पान्डेयलगायत विभिन्न महिला अधिकार कर्मीहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post