MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

तीन दिनदेखि अस्पताल मै शव

मधेशटप by मधेशटप
२०८० बैशाख २२, शुक्रबार १८:४१
0
तीन दिनदेखि अस्पताल मै शव

राजविराज । औषधि र उपचार वापत लागेको सम्पूणर् खर्च तिन नसकेपछि विराटनगर स्थित न्यूरो अस्पतालबाट परिवारले ३६ वर्षीय वीरेन्द्र सदाको शव ल्याउन सकेका छैनन् ।

सिरहाको मिर्चैया नगरपालिका-५ का सदाको उपचार कै क्रममा तीन दिन अघि मृत्यु भएको श्रीमती मालती देवी सदाले बताइन् ।

अत्यन्त विपन्न परिवारका सदा मस्तिष्कघात भइ गत चैत २७ गते सो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

उनको उपचार कै क्रममा बैशाख १९ गते मृत्यु भएको थियो । तर उपचार खर्च नतिरेको भन्दै अस्पतालले सदाको शव परिवारलाई नबुझाएको श्रीमती सदाले बताइन् ।

मृतकका भतिजा अभिषेकले अस्पतालले काकाको उपचार वापतको बाँकी वक्यौता सम्पूणर् रकम न बुझाएका कारण शव लिएर जान नदिएको बताए ।

परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचार र औषधि वापतको बाँकी रकम तिर्न सक्ने अवस्था नरहेको उनले बताए । मृतकका आफ्न्तले अस्पतालमा जग्गा बेचेर २ लाख रुपैयाँ बुझाएका छन् ।

लामो समय भेन्टिलेटर तथा आइसियूमा राखिएकोले औषधि र उपचार खर्च लम्बिएको भन्दै अस्पताले थप तीन लाख रकम माग्ने गरेको सदाकी श्रीमती मालतीले बताइन ।

“भएको जग्गा पनि बेची सके, अब कसैले ऋण पनि दिन मानेका छैनन, उनले भनिन अस्पतालले पूरा पैसा नपाएसम्म शव दिन न सकिने भन्दै फर्काइ दिएको छ ।”

मृतकका छोरा अंकितले औषधि वापत आइएन फार्मेसीको ३ लाख तथा उपचार वापत अस्पताललाई ३ लाख तिर्न बाँकी रहेको बताए ।
अस्पतालले उपचार खर्च वापत ३ लाख भन्दा बढी रुपैयाँ बाँकी रहेको जनाएको छ ।

अस्पतालका प्रशासन अधिकृत मातृका पोखरेलले औषधि बाहेक उपचार खर्च मै ३ लाख ३५ हजार बाँकी रहेको बताए ।

उनले बाकी सम्पूणर् रकम नभए पनि अस्पताललाई पनि समस्या नहुने गरी आफ्न्तले यथोचित रकम बुझाए शव दिन तयार रहेको बताएका छन् ।

शव ल्याउन र अस्पताललाई खर्च वापतको बाँकी रकम जुटाउन अहिले स्थानीय समाजसेवी पचु माझी मुसहरले सहयोग संकलन अभियान शुरु गरेका छन् ।

उनले तीन दिन यता शुरु गरेको प्रयासमा बिहीबारसम्म ४८ हजार ५ सय रुपैयाँ सहयोग संकलन भएको बताए ।

उनले सहयोग संकलन अभियान सिरहा र सप्तरीमा चलाइएको जानकारी पनि दिए । अन्य जिल्लाबाट समेत सहयोगको आश्वासन आइरहेको उनले जनाएका छन् ।

Previous Post

बर्थिङ सेन्टरको शिलान्यास

Next Post

लक्ष्मीनियाँमा निर्धारित समयमै योजना सम्पन्न

Related Posts

देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०८० बैशाख २२, शुक्रबार १८:४१
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०८० बैशाख २२, शुक्रबार १८:४१
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० बैशाख २२, शुक्रबार १८:४१
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० बैशाख २२, शुक्रबार १८:४१
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० बैशाख २२, शुक्रबार १८:४१
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० बैशाख २२, शुक्रबार १८:४१

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति