जनकपुरधाम । रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा स्वियु पदाधिकारीद्वारा सरसफाई कार्यलाई निरन्तरता दिईदै ।
स्वियु निर्वाचनमा नेवि संघ का निर्वाचित सभापति मनिष यादव को नेतृत्वमा क्याम्पस परिसर भित्र सरसफाई कार्य युद्धस्तर मैं नियमित अन्तरालमा भईरहेको छ ।
निर्वाचन अघि गरिएको वाचा प्रति एकब्द्ध भई क्याम्पस सौन्दर्यकरण र सरसफाई कार्य प्रति क्याम्पस प्रशासन, विद्यार्थी र स्वियुमा निर्वाचित विद्यार्थी हरुको समन्वयकारी भुमिका को सहयोगले सरसफाई कार्य भईरहेको छ ।
निर्वाचन अघि गरिएको वाचा हरु प्रति आफु सकारात्मक रहेको बताउदै पहिलो प्राथमिकतामा रहेको सरसफाई र क्याम्पस सौन्दर्यकरण का लागि अहिले आवश्यक सहयोग श्रोत साधन तथा समन्वय को वातावरण सृजना गर्दै आफुले गरेको वाचा ईमानदारी साथ पुरा गर्ने सभापति मनिष यादवले बताएका छन ।
अहिले साप्ताहिक र कार्यक्रम प्रयोजन भएको वेला हुँदै आएको सरसफाई कार्यलाई आगामी दिनमा एउटा तालिका बनाउदै क्याम्पस परिसर भित्र र बाहिर सरसफाई लाई निरन्तरता दिदै प्रत्येक विद्यार्थी लाई सरसफाई कार्यका लागि जिम्मेवार बनाउने र त्यसका लागि आवश्यक वातावरण सृजना गर्ने आफ्नो लक्ष्य रहेको मनिष ले जानकारी दिएका छन ।
सरसफाई कार्यक्रम स्वियु सभापति मनिष यादव को नेतृत्वमा क्याम्पस प्रशासन, स्वियु पदाधिकारी ,नेवि संघ धनुषा जिल्ला सभापति सुजित कुमार यादव लगायत विद्यार्थी हरुको उपस्थिति रहेको थियो ।
Discussion about this post