जनकपुरधाम । धनुषा प्रहरीले एकजना बाख्रा चोरलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका ५ का ६८ वर्षीय ताहिर राईन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
गत शनिबार साँझ धनुषाको मिथिला बिहारी नगरपालिका- ८ स्थितबाट जनकपुरधाम उपमहानगरपालिका- १६ का रामलाल साहले ५ वटा बाख्रा चोरी भएको प्रहरीमा जानकारी दिएका थिए ।
प्रहरीले बाख्रा खोजतलास गर्ने क्रममा आइतबार बिहान मिथिला बिहारी नगरपालिका-१ स्थित ४ वटा बाख्रासहित राईनलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
पक्राउ परेका राईनमाथि चोरी सम्बन्धी कसूर मुद्दामा धनुषा जिल्ला अदालतबाट सात दिनको म्यादा अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post