जलेश्वर : महोत्तरी सदरमुकाम स्तिथ विश्व मैं एकमात्र जलभित्र विराजमान महादेव शिवलिंग को परिचर्चा भारत को केदारनाथ महादेव समम् पुरयाउन जलेश्वर का युवाहरु द्वारा प्रयास गरिएको छ ।
महोत्तरी सदरमुकाम जलेश्वर का शिवम साह ,चन्दन पाठक, बादल गुप्ता (गोल्ची), सौरव नागबंशी (क्रिकेटर), सुभाष कुमार साह, सुजन अधिकारी सहित का युवाहरु भारत उत्तरप्रदेश बनारस को काशी विश्वनाथ,प्रयागराज, भारत उत्तराखंड हरिद्वार सहित को विश्व प्रसिद्ध केदारनाथ धाम पुगेका छन ।
जलभित्र विराजमान महादेव को ऐतिहासिक महत्व र यहाको शक्ति वारे यात्रामा भेटिएका सहयात्री सँग चर्चा गर्दै उनीहरुले यात्रा गर्दै आएको बताएका छन ।
महोत्तरी सदरमुकाम जलेश्वरको जल भित्र ईश्वर विराजमान भएको भारत बिहार को सीतामढ़ी जिल्ला सँग जोडिएको नेपाल को महोत्तरी जिल्ला को सदरमुकाम को ख्याति र यहाँका शक्तिपीठ को बखान गर्दै यसको प्रचार प्रसारमा आफ्नो एक भुमिका निर्वाह गर्न उनीहरुले जलेश्वर महादेव बारे बखान गरिएको एक पम्पलेट सामाजिक सञ्जाल मा राख्दै यहाँ दर्शन गर्न आउन श्रद्धालुहरु लाई निमिताएको धार्मिक यात्रामा सहभागी युवाहरुले बताएका छन ।
नेपालका श्रद्धालुहरु भारत को विभिन्न धार्मिक स्थलमा पुगेका हुन्छन तर प्रचार प्रसार र उचित व्यवस्थापन को खांचों ले गर्दा नेपाल र भारत का श्रद्धालुहरु जलेश्वर महादेव को दर्शनार्थ त्यतिका पुगेका हुदैनन भन्दै हामी युवाहरुले आफ्ना तर्फबाट आफ्नो मातृभूमि र जलेश्वरनाथ महादेव वारे श्रद्धालुजनमा ध्यानाकर्षण गराउन निम्ति प्रयास गरेको यात्रामा सहभागी शिवम साह ले बताएका छन ।
जलेश्वर महादेव मन्दिर नेपालको महोत्तरी जिल्लामा अवस्थित एक शिव मन्दिर हो। महाशिवरात्रि र वसन्त पञ्चमीको अवसरमा यस मन्दिरमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। जलेश्वर नगरमा रहेको यो मन्दिरकै नाउँमा नगरको नामाकरण गरिएको छ।
Discussion about this post