उमेश कुमार साह
सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ८ बैरियाही र बलानबिहुल गाउँपालिकाको कोदरकट्टि जोड्ने बिहुल पुलको एक कार्यक्रमको बीच शिलान्यास भएको छ।
बोदे बर्साईन र बलान बिहुल जोड्ने पक्किपुलको शुक्रबार बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादव र बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवको संयुक्त उपस्थितमा शिलान्यास गरेका छन् ।
बिहुल नदिमा राम्रो पुल नहुँदा उक्त क्षेत्रका नागरिकहरुले वर्षौंदेखि कष्टकर जीवन यापन गर्दै आएका छन् । मधेस प्रदेशकै सबै भन्दा धेरै लागतमा ५१.९८५ मिटर लम्बाई भएको पुलको निर्माण सुरु गरिएको हो ।
पुर्वाधार बिकास कार्यालय , सिरहाको कुल ११ करोड १९ लाख ४१ हजार ८ सय १७ रूपैयाँ लागतमा उक्त पुल निर्माण हुन लागेको हो । शाह निर्माण सेवाले २०८२ बैशाख २१ गते भित्र सम्पन्न गर्ने गरि निर्माण कार्यको जिम्मा पाएको बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवले बताए ।
पुल निर्माणपछि बोदे बर्साईन , बलान बिहुल र छिमेकी भारत बिहारका नागरिक लाभान्वित हुनेछन् ।
यसअघि राम्रो पुल नहुँदा बिहुल नदिले बगाउँदा यस क्षेत्रका दर्जानौं स्थानीय नागरिकले दुख आएका थिए । हाम्रो हिन्दु धर्मको विधिबाट भूमि पूजा गर्दै पुलको सिलन्यास गरेका गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले पुलको निर्माणपछि यस क्षेत्रको विकासले कायापलट ल्याउने विश्वास व्यक्त गरे ।
Discussion about this post