जनकपुरधाम । हाम्रो विवाह डटकम नामक वेबसाइट शुक्रबार जनकपुरधाममा सार्वजनिक गरिएको छ ।

शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी सो वेबसाइटबारे जानकारी गराइएको छ ।

आधुनिक युगमा पुरुष र महिलाको बीचमा हुने वैवाहिक सम्बन्धलाई सूचना प्रविधिसंग जोडेर अझ सहज र सरल बनाउने उद्देश्यले वेबसाइट निर्माण गरिएको वेबसाइटका निर्देशक मालती कुशवाहाले बताइन् ।

अहिले समाजमा तडकभडकका साथ हुँदै आएका विवाहलाई कम खर्चमा सम्पन्न गर्न विवाह डटकमले मदत पुर्‍याउने उनले बताइन् ।

कानुन व्यवसायीलाई यसमा सहजीकरणका लागि राखे झन् बलियो भएर कानूनी परामर्श सहज हुनुका साथै विकृतिलाई रोक्ने र मन मिल्ने जोडीलाई यसमा सहयोग पाउने उनले बताए ।

प्रतिक्रिया!!

सम्बन्धित खबर