MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

करोडौंको जग्गा हड्पने राणाद्वारा पीडितलाई धम्की

मधेशटप by मधेशटप
२०८० जेष्ठ १३, शनिबार ०७:५०
0
करोडौंको जग्गा हड्पने राणाद्वारा पीडितलाई धम्की

जनकपुरधाम । जनकपुरधामको जनकचोकभन्दा उत्तरतर्फ रहेको करोडौं मूल्य बराबरको २ कट्ठा ५ धुर ३ कनमा जग्गाको किर्ते लालपुर्जा बनाएको आरोप लागेका प्रकाशजंंग राणा अझै फरार रहेका छन् ।

जग्गाधनी देशपालसिंह हमालले सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिन चाहे पनि उ अझै फरार रहेको जनाइएको छ ।

पीडित हमालले उनको जग्गा कब्जा गरी होटल फिलिपलाई संचालनका लागि दिएको र सो होटल संचालकलाई सात दिन अघि नै खाली गर्न भन्दै केही समय दिएको तर खाली नरेपछि होटलमा हमालले ताला लगाएका छन् ।

बिहीबार उनले ताला लगाएर होटल संचालकलाई आफूलाई भाडा दिन भनेका थिए । तर सात दिनसम्म कुनै सुनुवाई नभपछि उनले ताला लगाएको बताएका छन् ।

हमालले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आफूलाई प्रशासनको तर्फबाटसमेत सहयोग नभएको गुनासो पोखे ।

किर्ते कागज बनाएर घर जग्गा कब्जा गर्न खोज्नेलाई याथशीघ्र पक्राउ गरेर न्यायको प्रत्याभूति दिलाउनुपर्ने माग उनले संचारकर्मीहरु समक्ष राखे ।

जिल्ला प्रहरी कार्यालय धनुषामा भदौ ३१ गते दर्ता भएको सरकारी कागज किर्ते र ठगी सम्बन्धी उजुरी परेको थियो ।

‘मेरी आमाको नाममा रहेको २७६ नम्बर कित्ताको जग्गा प्रकाशजङ्ग राणाले आफ्नो नाममा दर्ता गराइ गुठी संस्थानमा उक्त जग्गाको मालपोत पनि आफ्नै नामबाट कटाएको देखिन्छ’ जाहेरवाला हमालले भने । तर मालपोत कार्यालयको प्लटबुकमा भने जग्गाधनी महलमा अझै पनि गीता रानी हमालकै नाम उल्लेख रहेको छ ।

सो कित्ता नम्बर २७५ रहेको र सोहीलाई राणाले २ सय ७६ बनाइ किर्ते गरेको पीडित हमालले प्रष्ट पारे ।

‘प्लटबुकमा मेरी आमाको नाम हुनु अनि गुठी संस्थानमा नक्कली लालपुर्जाको आधारमा मालपोत तिरेको रसिद काट्नु सरकारी कागज नक्कल गर्नुभएन ? ’ हमालले भने ।

जनकचोकको दक्षिणमा रहेको उक्त जग्गाको न्यूनतम मूल्य प्रतिधुर ४० देखि ५० लाख रुपैयाँसम्म पर्छ । यसरी करीब २३ करोड रुपैयाँ बराबरको ४५ धुर ३ कनमा जग्गा किर्ते कागजको आधारमा राणाले आफ्नो नाममा दर्ता गराएको आरोप हमालले लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा उजुरी परेदेखि राणा भने केही दिन सम्पर्कविहीन भएका थिए तर प्रहरी प्रशासनकै मिलेमतोमा अहिले खुलेआम घुमफिर गर्नुका साथै मुद्दासमेत कमजोर पार्ने चलखेलमा दिन रात लागेको आरोपसमेत उनले लगाए ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मुद्दा अगाडि बढएको बताउँदै मुद्दालाई कमजोर पार्ने चलखेल भइरहेको आशंकासमेत उनले व्यक्त गर्दै उनले भने,‘जब कि मालपोत र नापी कार्यालयले सम्बन्धित सबै जवाफ जिल्ला प्रहरी कार्यालयलाई दिइसकेको छ ।’

राणाले शिवशंकरप्रसाद साह नाम गरेको व्यक्तिबाट ७ धुर ३ कनमा र रामसती शर्मासंग ७ धुर जग्गा बेचेको पाइएको छ भने मालपोतबाट मिसिललगायत कागज गायब रहेको छ ।

किर्ते लालपुर्जा बनाइ बेचेका जग्गा यी दुबै जनाको नाममा रहेको छ । यस सम्बन्धमा धनुषाका एसपी विश्वराज खड्काले यसबारे अझ अनुसन्धान भइरहेको छ, र जिल्ला प्रहरी कार्यालयबाट पक्राउ पूर्जी जारी भए लगतै राणाको घरमा छापामारीसमेत गरिसकेका छौँ, र हालसम्म पक्राउ पर्न सकेको छैन त्यसमा हाम्रो टोली प्रयासरत रहेको बताएका छन् ।

फरार राणाको अन्तिम लोकेशन ट्रेश गर्दा उनको ठेगाना माइतीघर तिलगंगामा रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यता हमालले भने फरार भए पनि राणाले विभिन्न व्यक्ति मार्फत आफूलाई होटलमा ताला किन लगाएको भन्दै धाक धम्की दिने गरेको आरोपसमेत लगाएका छन् ।

Previous Post

खर्चिलो विवाहलाई रोक्न मदत गर्ने विवाह डटकम

Next Post

महेन्द्रनारायण निधि टी-२० प्रतियोगिता सोमबारदेखि

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० जेष्ठ १३, शनिबार ०७:५०
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० जेष्ठ १३, शनिबार ०७:५०
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० जेष्ठ १३, शनिबार ०७:५०
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० जेष्ठ १३, शनिबार ०७:५०
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० जेष्ठ १३, शनिबार ०७:५०
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० जेष्ठ १३, शनिबार ०७:५०

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति