सप्तरी । अपहरण तथा शरीर बन्धक मुद्दामा जेल सजाय भुक्तान गरिरहेका एक जना कैदीको सवारी चालक अनुमति पत्र बनेको खुलेको छ ।

सप्तरीको खडक नगरपालिका-७ तथा साबिक कल्याणपुर गाविस-२ निवासी मोहम्मद सैयद मियाँको सवारी चालक अनुमति पत्र २०७४ असार ३० मा यातायात व्यवस्था कार्यालय इटहरीबाट बनेको छ।

जबकि २०७४ वैशाख ५ गतेदेखि नै मियाँ सप्तरी जिल्ला अदालतको फैसला बमोजिम सजाय भुक्तानीका लागि राजविराजस्थित सप्तरी कारागारमा छन् ।

सप्तरी जिल्ला अदालतका अनुसार मियाँमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय भएको छ । कारागारमा रहेका कैदीको सवारी चालक अनुमति पत्र बन्नु भनेको कारागार प्रशासन सप्तरी र यातायात व्यवस्था कार्यालय इटहरीबाट गम्भीर शंका उब्जिएको छ ।

 

प्रतिक्रिया!!

सम्बन्धित खबर