MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

मधेशका अर्थमन्त्री यादवले कमिसन लिएर शसर्त अनुदान वितरण गरेको आरोप

मधेशटप by मधेशटप
२०८० जेष्ठ १३, शनिबार १८:०६
0
मधेशका अर्थमन्त्री यादवले कमिसन लिएर शसर्त अनुदान वितरण गरेको आरोप

जनकपुरधाम  । जनता समाजवादी पार्टी नेपाल (जसपा) नेतृत्वको मधेश सकरारले स्थानीय तहसँग कमिसन लिएर आफूखुसी शसर्त अनुदानको ठूलो रकम वितरण गरेको आरोप लागेको छ ।

अर्थ मन्त्रलाय मार्फत भएको १ अर्ब २५ करोड रुपैयाँ बराबर रकम अर्थमन्त्रीले सञ्जय यादवले कमिसन लिएर आफूखुसी प्रदेशका विभिन्न स्थानीय तहलाई वितरण गरेको आरोप लागेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तामा सहभागी नेकपा माओवादी (केन्द्र) का प्रदेशसभा सदस्यहरुले प्रदेशका सथानीय तहलाई सम्मानपूर्वक व्यवहार गर्दै बराबर अनुदान दिनुपर्नेमा अर्थमन्त्री सञ्जय यादवले १० प्रतिशत कमिसन लिएर मनमौजी ढंगबाट आफूखुसी रकम वितरण गरेको आरोप लगाएका छन् ।

प्रतिपक्षी दल एमालेले विहिबार यसै विषयलाई उठान गर्दै प्रदेशसभाको बैठक अवरुद्ध समेत गरेको गर्‍यो । अर्थ मन्त्रालयले आर्थिक वर्षको अन्त्यतिर विधि-प्रक्रिया नपुर्‍याएर दलीय झुकाव र कमिसन लिएर शसर्त अनुदानको रकम वितरण गरेको आरोप लगाएर सरकारको जवाफ माग गर्दै प्रतिपक्षी दल एमालेका नेता सरोजकुमार यादवसहितका प्रदेश सांसद्हरुले बैठक अवरुद्ध गरेका थिए । स्थानीय तहहरुले माग गरेको योजनाभन्दा पनि आफूखुसी कमिसन लिएर सञ्जय यादव आफूखुसी योजना थपेर शसर्त अनुदानको वितरण गरेको एमालेको भनाई छ ।

अर्थ मन्त्रालयले जेठको पहिलो साता मात्रै मधेश प्रदेशका १ सय ३६ स्थानीय तहलाई आफूखुसी शसर्त अनुदानको रकम वितरण गरेको छ । शसर्त अनुदान कार्यविधिमा नगरपालिका र गाउँपालिकालाई एकैनासको रकम पठाउनुपर्ने प्रावधान रहेपनि बढीमा ९ करोडदेखि घटीमा २५ लाख रुपैयाँ पठाइएको सांसद्हरुको आरोप छ ।

अर्थले शसर्त अनुदानको रकम लैजानका लागि चैतमा प्रकाशन गरेको सूचना स्थगन गर्दै वैशाखमा फेरि अर्को सूचना निकालेको थियो । शसर्त अनुदानको योजना र रकम मागका लागि सम्बन्धित पालिकाको इमेलबाट अर्थ मन्त्रालयको आधिकारिक इमेलमा पठाउनुपर्ने प्रावधान छ । तर, अर्थले इमेलमा प्राप्त भएको योजनालाई बाइपास गरेर अरु माध्यमबाट आएको योजनामा शसर्त अनुदानको रकम हालेर पठाएकोमा स्थानीय तहका जनप्रतिनिधिले आपत्ती जनाएका छन् ।

प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका नेता सरोजकुमार यादवले शसर्त अनुदानको रकम वितरणमा अर्थ मन्त्रालयले मनोमानी गरेको आरोप लगाए । शसर्त अनुदान रकम कुन दलको जनप्रतिनिधि जितेको छ, त्यसको आधारमा जाने हो कि ? भनेर प्रदेशसभा बैठकमा उनले प्रश्न गरे । ‘शसर्त अनुदानको रकम वितरणमा गज्याङगुजुङ भएकै हो । केही अदृष्य विषयवस्तु छ,’ विपक्षी नेता यादवले भने, ‘मेरै क्षेत्रको एउटा पालिकामा शसर्त अनुदान गएको छ, अर्को पालिकामा छैन ।’ उनले शसर्त अनुदानको रकम वितरणमा बदमासी भएको भन्दै संसदीय छानविन समिति गठनको माग गरे ।

नेकपा माओवादी (केन्द्र) का संसदीय दलका नेता भरतप्रसाद साहले अर्थ मन्त्रालयमा चरम बेथिति रहेको बताए । ‘हाकाहाकी १० प्रतिशत रकम (कमसिन) लिएर अनुदान पठाइएको छ, बारा उपनिर्वाचनको खर्च उठाउन थालेछ कि क्या हो’ उनले भने ।

शसर्त अनुदान वितरणमा मनोमानी भएको सम्बन्धमा सरकारको जवाफ माग्दै एमालेले प्रदेशसभाको बैठक अबरोध गरेपछि प्रदेशसभा पुगेका मुख्यमन्त्री सरोजकुमार यादवले राष्ट्रपति, उपराष्ट्रपति र बारा उपनिर्वाचनमा व्यस्त भएकाले शसर्त अनुदान वितरणमा समन्वय गर्न नसकिएको बताए । ‘चुनावमा व्यस्त भएकाले सांसदहरुसँग समन्वय हुन सकेन । अब बजेट र नीति तथा कार्यक्रममा सांसदहरुको भावनाको कदर गरिनेछ,’ मुख्यमन्त्री यादवले प्रदेशसभा बैठकमा भने, ‘शसर्त अनुदानमा चलखेल र बिचौलियालाई हाबी हुन दिन्नौं ।’

Previous Post

श्रीमतीले कुखुराको मासु पकाउन नमानेपछि श्रीमानद्वारा आत्महत्या

Next Post

जसपा महोत्तरीको प्रवक्तामा पाण्डेय

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० जेष्ठ १३, शनिबार १८:०६
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० जेष्ठ १३, शनिबार १८:०६
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० जेष्ठ १३, शनिबार १८:०६
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० जेष्ठ १३, शनिबार १८:०६
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० जेष्ठ १३, शनिबार १८:०६
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० जेष्ठ १३, शनिबार १८:०६

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति