उमेश कुमार साह
राजविराज । सप्तरीको बोदे बर्साइन नगरपालिका – ५ भाटिनमा रहेको जनता राष्ट्रिय आधारभूत विद्यालयको चार कोठे भवनको शिलान्यास सम्पन्न भएको छ ।
सो नगरपालिकाको – ५ भाटिनमा रहेको जनता राष्ट्रिय आधारभूत विद्यालयमा चार कोठे भवन निर्माणको लागि शिलान्यास गरिएको छ।
मधेश प्रदेशका सांसद अनिरुद्व कुमार सिंह यादवले आइतबार एक कार्यक्रम बीच शिलान्यास गरेका छन्।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सो विद्यालयमा ४ कोठे भवन निर्माण हुन लागेको सो विद्यालयका प्रधानाध्यापक जमिरा खातुनले जानकारी दिइन् ।
भवन निर्माणको लागि लगभग ४५ लाख ५० हजार बजेट रहेको प्रमुख अतिथि यादवले बताए ।
शिलान्यासपछि छिट्टै भवन निर्माणको काम अगाडि बढाइने प्रधानाध्यापक खातुनले बताइन् ।
सांसद यादवले निर्वाचित भए देखिनै आफ्नो क्षेत्र भरि रहेको विद्यालयहरुमा पठन पाठनको व्यवस्थापन गर्दै आइरहेका छन् ।
कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष,वडा अध्यक्ष मो.मजिबुर रहमान, वडा अध्यक्ष राजकुमार यादव नगरपालिकाका इञ्जिनियर दिनेश ठाकुर,सब इन्जिनियर सत्य नारायण यादव, स्थानीय नेता मो. गफुरलगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post