जनकपुरधाम, जेठ १८ गते ।

सगरमाथा आरोहणमा गएका जनकपुरधामका रंजित कुमार साह सम्पर्कविहीन भएका छन् ।

केहिदिन पहिला सगरमाथा आरोहणमा गएका रंजित ८ हजार ७ सय मिटर सफल आरोहण गरिसकेपछि जिपिएस ट्रयाकर अफ हुँदा सम्पर्कमा नआएको उनका दाइ बैद्यनाथ साहले बताए ।

क्याम्प ४ भन्दा केही माथिबाट उनी सम्पर्कविहीन भएका हुन् ।

रंजितको अवस्थाको बारेमा खोजबिन गरिदिन परिवारजनले सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । रंजितका दाइ बैद्यनाथ दुई दिनदेखि काठमाडौंमा छन् ।

रंजित यसअघि पनि २०७६ सालमा जनकपुरधामबाट साइकलबाट यात्रा गरी १९ दिनमा एभरेष्ट बेस क्याम्प पुगेका थिए ।