जनकपुरधाम ।जनकपुरधामबाट प्रहरीकै अगाडि शनिबार एउटा मोटरसाइकल चोरी भएको छ ।

शनिबार गंगासागर पोखरीमा विपद् व्यवस्थापन सम्बन्धी पूर्वाभ्यास कार्यक्रम अवलोकन गर्ने क्रममा प्रहरीको अगाडिबाट महुलिया माध्यमिक विदालयका प्रधानाध्यापक धीरेन्द्र कुमार झाको ज १२ प ३३३ नम्बरको होण्डासाइन मोटरसाइकल चोरी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बिहान ८ ३०देखि ९ बजेर १० मिनेट भित्रै मोटरसाइकल चोरी भएको पीडित झाले बताए ।

चोरी हुने वित्तिक्कै प्रहरीलाई जानकारी गराएको र जिल्ला प्रहरी कार्यालयमा निवेदनसमेत दिएको झाले जानकारी दिए ।

यता प्रहरीले चोरी भएको मोटरसाइकलको खोजी तीव्र रुपमा भइरहेको जनाएको छ ।

केहीदिन यतादेखि धनुषा प्रहरीले दिनकै दिनठूलो संख्यामा चोरहरु पक्राउ गरी सार्वजनिक गर्दै आएको छ भने अर्कोतर्फ चोरीको घटनामा पनि वृद्धि हुँदै गएको पाइएको छ ।