MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

मिथिला नगरपालिका: उपमेयरको लफडाले अस्पतालमा इमरजेन्सी सेवा संचालनमा समस्या, पालिकामा तालाबन्दी

मधेशटप by मधेशटप
२०८० जेष्ठ २५, बिहीबार ०८:१९
0
मिथिला नगरपालिका: उपमेयरको लफडाले अस्पतालमा इमरजेन्सी सेवा संचालनमा समस्या, पालिकामा तालाबन्दी

जनकपुरधाम :  मिथिला नगरपालिकाको ढल्केवरस्थित अस्पतालमा इमरजेन्सी सेवा संचालनका लागि कर्मचारी भर्ना प्रक्रिया नै रोकिएपछि आक्रोशित स्थानीयले नगरपालिकामा तालाबन्दी गरेका छन् ।

इमरजेन्सी सेवा संचालनका लागि कर्मचारी भर्ना प्रक्रिया स्थगित गरेपछि आक्रोशित स्थानीयले नगरपालिकाका मेयर, उपमेयर र कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन ।

नगरपालिकाद्वारा अस्पतालमा इमरजेन्सी सेवा संचालनका लागि कार्यविधि तयार गरी राजपत्रमा प्रकाशन सहितका सम्पूर्ण प्रक्रिया पूरा भई कर्मचारी भर्नाका लागि जेठ २५ गते आवेदकहरुको अन्तवार्ता लिने कार्यक्रम तय गरिएको थियो । यद्यपि एक्कासी कर्मचारी भर्ना प्रकृया स्थगित गरिएपछि आक्रोशित स्थानीयले नगरपालिकामा आएर नाराबाजी गर्दै तालाबन्दी गरेको स्वास्थ्य शाखाका प्रमुख अशोक भण्डारीले बताए ।

अन्तवार्ताको दूई दिन समय बाँकी रहेको अवस्थामा नगरपालिकाका उपमेयर सुनिता सिंह बुढाथोकी र एमालेबाट निर्वाचित केही बोर्ड सदस्यले कार्यकारी अधिकृत बसन्त न्यौपानेलाई दबाव दिएर कर्मचारी भर्ना प्रकृया रोक्न लगाएका आरोप स्थानीयको छ ।

तालाबन्दी गर्न पुगेका स्थानीय परमेश्वर महतोले भने ‘ढल्केवर अस्पतालमा इमरजेन्सी सेवा संचालनका लागि विज्ञापन गरिएको अनमी सहितका पदका भर्ना प्रक्रिया एक्कासी अन्तिम समयमा रोकिएकाले तालाबन्दी गरेका हौं ।’ उपमेयर बुढाथोकी र एमालेबाट निर्वाचित बोर्डका केही सदस्यहरुले नियतवश आफ्ना मान्छे भर्ना गर्न रोक्न लगाएका उनको आरोप छ ।

घटना बारे कार्यकारी अधिकृत न्यौपानेले भने ‘अस्पतालमा इमरजेन्सी सेवा संचालनका लागि हामीले विज्ञापन गरेका थियौं, अन्तवार्ताका लागि जेठ २५ गतेका लागि मिति पनि तोकियौं । तर कार्यपालिका सदस्यहरुबाट छलफल गराएर मात्र प्रक्रिया अघि बढाउन सुझाव आएपछि हालका लागि अनमी पदको अन्तवार्ता स्थगित गर्नु परेको हो ।’

अधिकृत न्यौपानले एमाले कार्यपालिका सदस्य र उपमेयरको दबावमा भर्ना प्रक्रिया रोकिएको कुरा नखुलाएपनि तिनीहरुको दबावमा गरिएको भन्ने कुरा उनले प्रकाशन गरेको स्थगित सूचनामा केही सदस्यहरुको सुझाव आएको भनिएको कुराले प्रष्ट हुन्छ ।

यस सम्बन्धमा नगरपालिकाका मेयर महेन्द्र महतोले सरसफाई देखि इमरजेन्सी सेवा सहितका आवश्यक कर्मचारी पूर्ति गर्न नगरपरिषद्बाट निर्णय गराएर प्रक्रिया अघि बढाएपछि कार्यपालिकाका सदस्यहरुले कार्यविधिबाट काम अगाडि बढाउन भनेपछि कार्यविधि बनाएर पनि अघि बढेपछि उनीहरुले अवरोध गर्ने काम गरेको बताए । घटना बारे उपमेयर बुढाथोकीलाई सम्पर्कमा आउन चाहेनन् ।

मेयर महतोले भने ‘कार्यपालिकाको सदस्य साथीहरुको छलफलबाट कार्यविधि अनुसार इमरजेन्सी सेवा संचालनका लागि अनमी सहितका कर्मचारी भर्ना गर्न खाजेपछि अन्तवार्ताको अन्तिम समयमा आएर अधिकृत न्यौपानेलाई दबाव दिएर रोक्न लगाएको हो । उनले भने ढल्केवरको विकास नचाहने साथीहरुले यस्तो कार्यमा लागेको हो ।

इमरजेन्सी सेवा संचालनका लागि नगरपालिकाले स्वास्थ्य उपकरणहरु समेत खरीद गरिसकेको छ भने कर्मचारी भर्नाको तयारीमा जुटेका छन् ।

गएको असोज १२ गतेमै नगरपालिकाले मेडिकल अधिकृत २, ल्याब टेक्नोलोजिस्ट १, अनमी ४, स्वीपर २ जना सहितको आवश्यक कर्मचारी भर्नाको विज्ञापन प्रकाशन गरेको थियो । सो विज्ञापन अनुसार अनमी पदको अन्तवार्ता स्थगित गरिएको हो । अन्य पद बारे अहिले कुनै निर्णय नगरिएको बुझिएको छ ।

Previous Post

धीरेन्द्रको मोटरसाइकल जिम्मा लगाइयाे

Next Post

संसारीमाइमा आज बलिप्रदान

Related Posts

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ
Banner News

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ

२०८० जेष्ठ २५, बिहीबार ०८:१९
देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०८० जेष्ठ २५, बिहीबार ०८:१९
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०८० जेष्ठ २५, बिहीबार ०८:१९
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० जेष्ठ २५, बिहीबार ०८:१९
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० जेष्ठ २५, बिहीबार ०८:१९
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० जेष्ठ २५, बिहीबार ०८:१९

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति