जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम देखि केही दुरीमा रहेको मिथिला बिहारी नगरपालिकामा गत शुक्रबार राति एक दम्पति माथि अज्ञात व्यक्तिले खुखुरी प्रहार गरी घाइते बनाएका छन् ।
धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ६ सिर्सियास्थित घरमै श्रीमान –श्रीमतीमाथि माथि खुकुरी प्रहार भएको छ ।
घरमै बसेका बेला ३५ वर्षीय दिनकर यादव र उनकी श्रीमती ममता यादवमाथि शनिबार साँझ खुकुरी प्रहार भएको हो । उनीहरु दुबै जना माथि धारिलो हतियार प्रहार गर्दा गम्भीर घाईते भएका छन् ।
दिनकर यादवको पछाडि काटिएको छ, भने श्रीमती ममताको बायाँ गाला र दाहिने हातमा काटिएको छ । अहिले उनी दुबै जनालाई स्थानीयले उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएका छन् ।
दिन्हानुदीन यस्ता घटनाहरु धनुषा जिल्ला भरि बढ्दै गएको छ । यदपि प्रशासनिक निकाय मूकदर्शक बनेको स्थानीयहरूले गुनासो गर्दै आएका छन् ।
Discussion about this post