MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

धनुषा प्रहरीको ठूलो सफलता

मधेशटप by मधेशटप
२०८० जेष्ठ २८, आईतवार १६:२९
0
धनुषा प्रहरीको ठूलो सफलता

जनकपुरधाम । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवाबाट फरार ६ जना मध्येका एक अभियुक्त भारतबाट पक्राउ परेका छन् ।

उनीहरु ०७९ माघ १५ गते फरार भएका थिए । धनुषा प्रहरीको निरन्तरको सक्रियता र खोजतलाशको क्रममा फरार भइ भारतमा बस्दै आएका अभियुक्त क्षीरेश्वरनाथ नगरपालिका-२ रमदैयाका २५ वर्षीय रोशन यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भइरहेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले शनिबार बिहान भारतको बिहारको सीतामढीबाट महोतरीको औरही बजारबाट फरार अभियुक्त यादवलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।

उनका अनुसार रोशन सार्वजनिक शान्ति विरुद्धको अपराधको मुद्दामा थुनुवामा रहेको जानकारी दिए । माघ १५ गते फरार भएका ६ जना अभियुक्त मध्ये पाँच अभियुक्त १५ दिन भित्रै पक्राउ परेको र ती सबै अभियुक्तहरु नेपालबाट पक्राउ परेको उनले बताए ।

रोशन फरार भइ भारततर्फ रहेको उसलाई ट्रेस गर्दै लगायतको मिहिनेतले पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक खड्काले स्पष्ट पारे ।

रोशन भारततर्फ भाग्न सफल भएकोले पक्राउ पर्न केही समय लागेको उनको कथन छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको प्रमुख भइ आएदेखि एक दुई नभइ सयौं फरार अभियुक्त पक्राउ परेको दाबी गर्दै उनले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा विभिन्न मुद्दाका ७ सय ९ जना अभियुक्तहरु पक्राउ परेको जानकारी दिए । यस अघि आर्थिक वर्ष ०७८/०७९ मा भने जिल्ला १ सय ८३ जना फरार अभियुक्त पक्राउ परेका थिए ।

माघ १५ गते खाना खाएर सुतेका ६ जना अभियुक्तहरु मध्यरातमा पर्खाल भत्काएर फरार भएका थिए । फरार हुनेहरुमा लागूऔषध मुद्दाका विनोद शर्मा, सार्वजनिक मुद्दाका अमित मण्डल र रोशन यादव, अभद्र व्यवहार सम्बन्धी मुद्दाका हरि विक तथा हातहतियार खरखजाना मुद्दाका रोशन महतो र शंकर सहनी फरार भएका थिए ।

थुनुवाबाट एकै पटक ठूलो संख्यामा अभियुक्तहरु फरार भएपछि धनुषा प्रहरी आलोचनाको पात्र बनेको थियो भने अहिले धनुषा प्रहरीले गरेको कामलाई ठूलो सफलताको रुपमा देखिएको छ ।

Previous Post

राजकिशोरका परिवारलाई आर्थिक सहयोग

Next Post

नगराइन नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० जेष्ठ २८, आईतवार १६:२९
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० जेष्ठ २८, आईतवार १६:२९
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० जेष्ठ २८, आईतवार १६:२९
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० जेष्ठ २८, आईतवार १६:२९
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० जेष्ठ २८, आईतवार १६:२९
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० जेष्ठ २८, आईतवार १६:२९

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति