जनकपुरधाम । धनुषा प्रहरीले ४५ वर्षीया महिलाको हत्याको आरोपमा उनकै प्रेमी वर्ष २२ वर्षीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका १८ का ओमलाल मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । चितवनबाट पक्राउ परेका मण्डललाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार मिथिला बिहारी नगरपालिका ८ तारापट्टिकी वर्ष ४५ की उषा दास श्रीमानको मृत्यु पश्चात् मण्डलसँग प्रेम सम्बन्धमा थिइन् । उनले मण्डललाई विवाह गर्न भनेपछि युवकले हत्या गरेको खुलेको प्रहरीको भनाइ छ ।
आइतबार साँझ मिथिला बिहारी ८ तारापट्टिस्थित पोखरीको छेउमा गाडिएको अवस्थामा दासको शव फेला परेको थियो ।
Discussion about this post