जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकाका एक वडासचिव अख्तियारको फन्दामा परेका छन् ।

महोत्तरीको बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटेको टोलीले नगराइन नगरपालिका वडा नम्बर-२ का वडासचिव अमृत झालाई बुधबार साँझ रंगेहात पक्राउ गरेको छ ।

वडासचिव झाले सेवाग्राहीसँग कुनै काम गरेवापत नगद ७५ हजार रुपैयाँ घुस लिएको उजुरीका आधारमा अख्तियारबाट खटेको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।

अख्तियारको टोलीले अहिले मुचुल्का उठाउने काम गरिरहेको छ । थप विवरण आउन बाँकी छ ।