जनकपुरधाम । मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयका सहायक वन अधिकृत लालबाबु यादवको अश्लील भिडियो बाहिरिएको छ ।
यादवले एक महिलासँग ह्वाटसएपमा अश्लील गतिविधि गरिरहेको भिडियो बाहिरिएको हो ।
भिडियोमा दुबै जनाले यौनजन्य क्रियाकलाप गरिरहेको देखिएको छ । ‘हेलो सर’ नाम ह्वाटसएप गु्रपमा उक्त भिडियो राखिएको छ ।
सहायक वन अधिकृत यादवले भने षडयन्त्र पूर्वक उक्त भिडियो बनाइएको बताएका छन् । साथीहरुले उक्त भिडियो देखाएको बताउँदै उनले भने राम्रो काम गर्नेलाई फसाएको हो ।
संघीय सरकारका पूर्व खानेपानी तथा सरसफाई मन्त्री अब्दुल खानको यस्तै अश्लील भिडियो प्रकरण चर्चामा आएको थियो ।
Discussion about this post