जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिकाको वडा नं १२ नैन्ही स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर मार्फत प्रसूति सेवा सुरु भएको छ ।

गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउँन जलेश्वर नगरपालिकाले स्वास्थ्य चौकीमा ‘वर्थिङ सेन्टर’ सञ्चालन गरेको छ।

जलेश्वर नगरपालिकाले सेवा सुविधा उपलब्ध गराउँने गरि प्रसूति गराउँन दक्ष अनमी थप गरेर प्रसूति सेवा सुरु गराएको छ।

प्रसूति गराउँन प्रादेशिक अस्पताल जलेश्वर र भारत धाउने गरेका वाडाबासीलाई गाउँमै सेवा उपलब्ध गराउँन स्वास्थ्य चौकीमा कर्मचारी थप गरेर वर्थिङ सेन्टर सञ्चालन गरिएको जलेश्वर नगरपालिकाका प्रमुख सुरेस साह सोनारले बताए ।

‘नगरपालिकाका जनता लाई सुविधा उपलब्ध गराउँने गरी तालिम प्राप्त दक्ष अनमी थप गरेर वर्थिङ सेन्टर सञ्चालन गरिएको मेयर सोनार को भनाइ छ ।

वर्थिङ सेन्टर सुरु भएपछि स्वास्थ्य चौकीमै डेलिभरी हुन थालेको छ, यसले यस भेगका प्रसुती गराउन आउने लाई निकै सजिलो भएको वाडा नं १२ का वाडा अध्यक्ष मनोज मण्डलले बताए ।

अहिले स्वास्थ्य चौकीबाट गर्भावस्थामा गर्नुपर्ने नियमित गर्भजाँच र २४ सै घण्टा प्रसूति सेवा प्रदान गर्ने गरिएको छ । गाउँमै प्रसूति सेवा सुरु भएपछि वाडाबासी हर्षित छन् ।

अगामी दिनहरुमा नगरका विभिन्न वाडाहरुमा सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्य का साथ स्वास्थ्य चौकीहरुमा सेवा , सुबिधा बढाउने मेयर सोनार ले प्रतिबद्धता समेत व्यक्त गरेका छ्न ।