MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

सामाजिक संजालको प्रेम कति हुन्छ मेल ?

मधेशटप by मधेशटप
२०८० असार ५, मंगलवार १६:१०
0
सामाजिक संजालको प्रेम कति हुन्छ मेल ?
  •  सविता यादव

अचेल सामाजिक संजालमा प्रेम गर्ने लहर नै चलेको छ ।

प्रविधिको युग भएसंगै हात हातमा एन्ड्रोईड मोबाईल र नेटको पहुच हुदा सामाजिक संजालमा झुम्मिनेहरु अहिले फेसवुके प्रेम र अन्य अनलाईन माध्यमको प्रेममा वढी पर्ने गरेका छन ।

सामाजिक संजालमै सामान्य च्याटिंगमा कुराकानी वढ्दै गई पछि अडियो र भिडियो कलमा परिवर्तन हुने र सामाजिक संजालमै एक अर्काप्रति समर्पित हुदै प्रेम गर्ने क्रम वढ्दो हो ।

यहि प्रेममा परेर उमेर पुगे नपुगेको खयाल नै नगरि भाग्ने र पछि पछुताउनेहरुको संख्या समेत उल्लेख्य रहेको जिल्ला प्रहरी कार्यालयमा पर्ने गरेको उजुरीले समेत प्रमाणित गरेको छ ।

उदाहरणकै रुपमा हालै महोत्तरी कि चेली र सर्लाहीका युवा र अर्को घटना सिरहा कि चेली र महोत्तरीका युवा विच यस्तै प्रेम सम्बन्धले सृजना गरेको परिस्थितिलाई लिन सकिन्छ ।

महोत्तरीको बर्दिवास स्थित एक निजि अस्पतालमा नर्सको जागिर गर्दै आएकि महोत्तरी कै गौशाला निवासी एक युवतीको फेसवुकमै सर्लाहीका एक युवासंग प्रेम हुदा दुई जनाले मन्दिरमै विवाह गरि केहि दिनसंगै वसेर पछि युवा फरार भए ।

हाल सम्पर्क विहिन रहेको युवा र विच्चलीमा परेको युवतीले आफुसंगै आ आफ्नो परिवारकै समेत बदनामी गर्न कुनै कसर बाकि राखेन ।

यस्तै अर्को घटनामा सिरहा कि युवती र महोत्तरी का युवा दुबै जना कोठा भाडा लिएर मधेस प्रदेसको राजधानी जनकपुरमा बसेका थिए र दुबै जना क्यामपसमा पढदै थिए यसै बीच दुबै जना बीच प्रेम सम्बन्ध वस्यो पछी युवतीलाई गर्भवती बनाएर युवा फरार भएका छन् ।

यहा प्रेम गर्नु गलत हो भन्न नचाहेर प्रेम कुन उमेर र परिस्थितिमा गरिन्छ साथै त्यो प्रेमको भविष्य कति सुरक्षित हुनेमा ध्यानाकर्षण गराउनुमात्र रहेको छ ।

तपाईहरुको उमेर पुरा भएको,आफ्नै खुटटामा उभिएको र एक अर्काप्रति शरिरले मात्र नभई मन वचन र कर्मले समेत समर्पित हुन सक्नेको लागि प्रेम अभिशाप नभई बरदान नै हुने गरेको तथ्य समेत हाम्रै समाजमा छ ।

तर प्राय सामाजिक संजालमा हुने गरेको प्रेमको अस्तित्व नै प्रश्न उठाउने खालका हुने गरेको प्रति समेत सवै गम्भिर हुनु आवश्यक छ ।

सामाजिक संजालमा सामान्य चिनजान र फेसवुक तथा अन्य सामाजिक संजालको माध्यममा राखिएको फोटो तथा स्टाटसकै आधारमा कसैको भित्री चित्रण गर्न नसकिने भएपनि सोहि वाहिरी आकर्षणलाई प्रेम बुझी युवा युवतीहरु एकअर्काप्रति समर्पित हुदै जानु र परिस्थिति घरबाटै भाग्ने सृजना हुने गरेकाले वर्तमान समयमा यहि विषय उठान गर्न आवश्यक देखिएको छ ।

एक अर्का प्रतिको पुर्ण जानकारी नै नराखी घरबाटै भाग्न उठाईने कदम नै पछि गलत कदम हुन जाने र पछुताउनु पर्ने अवस्था आउने गरेको छ ।

आफ्नो भविष्य बनाउने उमेरमा आकर्षणलाई नै प्रेम सम्झी त्यसमै भविष्य नै अन्धकारमा पार्ने युवा युवतीको ठुलै जमात छ ।

कानुनमै बिस वर्ष पारी विवाहको उमेर तोकेपनि सो अगावै अधिकांश युवा युवतीहरु बनावटी प्रेममा परेर आफ्नै भविष्य समाप्त पार्न लागिपरेका हुन्छन ।

यसरी घर परिवारलाई नै लत्याउदै घरबाट भाग्ने युवा युवतीहरु पछि प्रेम असफल हुदा न घर को न घाटको हुने गरेको प्रसस्त उदाहरणहरु हाम्रो वरिपरि नै छन ।

केही असफल प्रेम सम्बन्धपछि यौनकर्मी समेत हुने गरेको बाध्यतालाई नकार्न सकिन्न । तर केहि भने असफल प्रेमका बाबजुद समेत आफ्नै खुटटामा उभिएर समाजकै लागि उदाहरण बनेको समेत हाम्रै समाजमा देखिएको छ ।

अचेल यस्ता असफल प्रेम सम्बन्ध हुदा पिडितहरु अधिकारकर्मी र सुरक्षानिकायमा धाउनु पर्ने परिस्थिति समेत आउने गरेकोमा प्रहरी र अधिकारकर्मीहरुले प्रयास गर्दासमेत घर परिवारको बदनामी गराईसकेको भन्दै केहिको अभिभावकले ति असफल प्रेमी(अधिकांश युवती)लाई परिवारमा स्विकार्न नचाहेको घटनाहरुले झनै सामाजिक संजालको प्रेम प्रति वितृष्णा जगाउने गरेपनि यो संख्यामा अझै कमी आउन सकेको छैन ।

यस्तो प्रेम प्रेमकै लागि नभएर अहिले फ्यासन(सौख)कै लागि समेत गर्ने गरिएको छ । यहा प्रेमलाई शरिरसंग दाज्दा समेत प्रेम असफल हुने गरको छ । शरिर भोग्ने लालसा भएसम्मको समय प्रेम भन्ने र पछि शरिर पाईसकेपछि त्यही प्रेमबाट भाग्ने गरेपछि त्यो नै असफल प्रेमको परिभाषामा अटाउछ ।

कहिले गर्ने त प्रेम ?

हो हामीले यति बुझिसकेपछि अव प्रेमको सहि समय र उमेर वारे चर्चा गर्नु उपयुक्त हुन्छ ।

बास्तवमै प्रेम र आकर्षण विचको फरक छुट्याएर कानुनले तोकेको उमेर पुरा गरि आर्थिक र मानसिक रुपले परिपक्वभइसकेपछि प्रेम गर्दा पछुताउनु पर्ने सम्भावना न्युन हुन जान्छ ।

हुनत प्रेमको कुनै उमेर हुदैन भन्छन पनि तर उमेर नपुगि गरिएको प्रेमको भविष्य अन्धकारमा वढी हुने गरेको र कम उमेरको प्रेममा उक्त प्रेम सम्बन्धलाई अजम्बरी स्थापित गरेर राख्न समेत नसकिने भएकोले उमेर पुरा गरि गरिएको परिपक्व प्रेम नै सहि उमेरको प्रेम हो ।
सहि उमेरमा हुने प्रेमले ठगिने,लुटिने र भविष्य नै बर्बाद हुने सम्भावना भने घटेर जान्छ ।

सहि उमेरमा प्रेम भयो भने उक्त प्रेमलाई सहि मार्गनिर्देशन गर्न युवा युवती दुवै सक्षम हुने भएकोले हाकाहाकी प्रेमको नाममा घरबाट भाग्ने वा अन्य गर्ने कृयाकलापबाट आजैदेखि सचेत होऔ ।

Previous Post

स्थानीयद्वारा खोला खन्न रोक

Next Post

जन आवाज संघर्ष समितिद्वारा ज्ञापनपत्र

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० असार ५, मंगलवार १६:१०
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० असार ५, मंगलवार १६:१०
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० असार ५, मंगलवार १६:१०
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० असार ५, मंगलवार १६:१०
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० असार ५, मंगलवार १६:१०
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० असार ५, मंगलवार १६:१०

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति