जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा आजदेखी भाटभटेनी सुपर स्टोर संचालनमा आएको छ ।
नेपालकै सबैभन्दा ठूलो सुपर स्टोर भाटभटेनीको २५औँ शाखा जनकपुरधाम उपमहानगरपालिका-१४ मुजेलियामा संचालनमा आएको हो ।
भाटभटेनीका संचालक मीन बहादुर गुरुङ र उनकी धर्मपत्नी साबित्री गुरुङले सुपर स्टोरको उद्घाटन गरेका छन् ।१ बिगहा १० धुर क्षेत्रफलमा फैलिएको यो स्टोरमा ग्राहकहरुले सहज रुपमा किनमेल गर्न सक्नेछन् । उद्घाटनका अवसरमा भाटभटेनीले अल्कोहल र निकोटिनमा बाहेक अन्य सामानमा १० प्रतिशत र इलेक्ट्रोनिक सामानमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।
मधेस प्रदेशका ग्राहकहरुलाई लक्षित गरीे संचालनमा ल्याइएको भाटभटेनीको लागत २ अर्ब बढी रहेको संचालक गुरुङले बताए ।
उनले सीताको जन्मस्थान जनकपुरधाममा आफूले केही गर्नुपर्छ भन्ने कुरा सानैदेखि मनमा लागेको र त्यो सपना अहिले पूरा भएको बताए ।
ग्राहकलाई सहज सुविधा दिनको लागि जनकपुरधाममा यो स्टोर सञ्चालनमा ल्याइएको उनले बताए ।पछिल्लो समय जनकपुरधाम व्यापारीक केन्द्रको रुपमा विकसित हुँदै गईरहेको छ । भाटभटेनी स्टोरका नयाँ शाखा पनि संचालनमा आएपछि जनकपुरधामको व्यापारीक क्षेत्रमा नयाँ आयाम थपिएको छ ।
मधेस प्रदेशका उपभोक्तालाई लक्षित गरि खोलिएको स्टोर एकदमै आधुनिक र प्रविधिमैत्रि पनि छ ।
उद्घाटनअघि नै चर्चा बटुलेको जनकपुरधामको लागि बिल्कुलै नयाँ ढाँचामा बनाइएको यो स्टोरले उपभोक्ताहरुलाई आकर्षण गरिरहेको छ ।
यसअघि, वीरगञ्जमा पनि भाटभटेनी स्टोर सञ्चालनमा ल्याइएको थियोे । अब आगामी असोजमा झापाको विर्तामोडमा अर्को स्टोर सञ्चालनमा ल्याउने तयारी रहेको छ ।
Discussion about this post