जनकपुरधाम । शिक्षा विकास तथा समन्वय इकाइ धनुषाका प्रमुख युक्त प्रसाद शर्मालाई कालोमोसो दलेको विषयमा नेपाली काँग्रेस औरही गाउँपालिकाले दोषीलाई कारवाही गर्न माग गरेका छन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालय धनुषामा काँग्रेस औरही गाउँपालिका समितिका सभापति जुगलकिशोर सिंहको अगुवाईमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई भेटघाट गर्दै कालोमोसो दल्नेमाथि कारवाही गर्न माग गरेका हुन् ।
यस भेटघाटको क्रममा काँग्रेस धनुषाका उपसभापति गणेश झाले कालोमासो दल्नेलाई तत्काल कारवाही गर्न माग गरेका छन् । सो क्रममा प्रमुख जिल्ला अधिकारी दाहालले सो घटनामा संलग्न रहेको आरोपमा मुञ्जय राउतलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भइरहेको जनाउँदै उनले छिट्टै नै यस घटनामा संलग्न रहेकाहरुलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइने बताए ।
काँग्रेस औरहीको टोलीले जिल्ला समन्वय समिति धनुषा, शिक्षा विकास तथा समन्वय इकाई धनुषालगायत विभिन्न सरोकारवाला कार्यालयमा गई दोषीलाई तत्काल कारवाही गर्न माग गरे ।
शुक्रबार दिउँसो प्रमुख शर्माको कार्यकक्षमा पुगेका ७\८ जनाको समूहमा रहेका युवाहरूले उनीमाथि कालोमोसो दलेका थिए ।
तपाईको प्रतिक्रिया !