उमेश कुमार साह

बोदे बर्साइन । “स्वास्थ्यका लागि योग” भन्ने मुल नाराका साथ नगर पतंजली योग समिति बोदे बर्साईनले नवौं अन्तराष्ट्रिय योग दिवस मनाएको छ ।

बुधबार बोदे बर्साईन नगरपालिका -५ स्थित योगाभ्यास केन्द्रमा भएको कार्यक्रममा योगको महत्व दर्शाउँदै दिवस मनाइएको हो ।

कार्यक्रममा नगर पतञ्जली योग समितीका अध्यक्ष संजीव कुमार अग्रवालले तन र मनको जोड नै योग भएको बताए ।उनले शरीरलाई स्वस्थ एवं तन्दुरुस्त राख्नको लागि गरिने केही आशनहरुलाई योग भनेर बुझिने गरेको भन्दै वास्तविक योग तन र मनको एकत्रीत रुप भएको बताए ।

“कुनै धर्म र जातको आधारमा योगले भिन्नता राख्दैन”-उनले भने-“अहिले कोरोनो भाइरसले विश्वलाई नै आक्रान्त तुल्याएको अवस्थामा नियमित योग तथा ध्यान गर्दा शरीरमा शक्ति मिल्छ,यसले कोरोना विरुद्ध लड्न फाइदा पुग्छ ।

“ नगर पतञ्जली योग समितिकाका अध्यक्ष अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका प्रदेश सभा सदस्य माननीय अनिरुद्व कुमार सिंह यादवको उपस्थिति रहेका थिए ।

चन्द्रा नमुना माध्यमिक बिधालयका शिक्षक बराल सर लगायतले योग दिवसको शुभकामना दिदै योगको महत्व र फाइदाबारे बोलेका थिए ।

सो अवसरमा पतञ्जली योग समिति नेपालले निर्देशन गरेको प्रोटोकल बमोजिमका श्री चन्द्रा नमुना माध्यमिक बिधालयका विद्यार्थी र शिक्षक कर्मचारीहरुले बजारको परिक्रमा गरि योग सम्बन्धी आशन र प्राणायामहरु प्रमुख प्रशिक्षक नगर अध्यक्ष संजीव कुमार अग्रवाल र नगर प्रतिनिधि शैलेन्द्र साहले प्रस्तुत गरेका थिए।

कार्यक्रममा बिधालयका प्र अ गौरी शंकर चौधरी अनिल प्रसाद सिंह , ब्यापार अध्यक्ष देव नारायण साह लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमका संचालक मा बि शिक्षक जितेन्द्र प्रसाद गुप्ताले गरेका थिए ।