जनकपुरधाम । धनुषाको ढल्केवरमा इनारभित्र एक पुरुषको शव भेटिएको छ ।

बिहीबार बिहान ढल्केवरस्थित दक्षिण चोकमा रहेको इनारभित्र एक पुरुषको शव देखिएको छ।

स्थानीयवासीले इनारभित्र शव रहेको देखेपछि प्रहरीलाई खबर गरेको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी टोली शव निकाल्न प्रयासमा जुटेको बताइएको छ ।

शवको पहिचान तत्काल खुल्न सकेको बताएको छ  ।