जनकपुरधाम । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको विषयक जनतेनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सुनौलो विहानी समाज केन्द्रीय कार्यालय जनकपुर र जनकपुरधाम उप-महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा वर्तमान समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले सामना गर्दै आइरहेका समस्याका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा अल्पसंख्यकको अधिकारका लागि सक्रिय अभियानकर्मी भूमिका श्रेष्ठले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले आफूहरुले समाजमा भोग्नु परेका विविध वाधा व्यवधानहरु, राज्यले नै सुनिश्चित गरेका हक अधिकार प्राप्तिका क्रममा खेप्नु परेका अफ्ठ्याराहरु लगायतका विषयमा अनुभव साझा गरेकी बताइन् ।
जनकपुरधाम उप-महानगरपालिका उप-प्रमुख किशोरी साहले लैगिंक तथा यौनिक अल्पसंख्यकहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न उद्यमशील तालिमहरु प्रदान गर्दै, उनीहरुलाई आत्मनिर्भर बनाइ समाजमा स्थापित गर्न लागि परेको र आउने बजेटमा अल्पसंख्यकहरुको केही बजेट छुटाउने र वृद्ध भतासमेत छुटाउने प्रति प्रतिवद्धता गरेका छन्।
हरेक वर्ष सरकारले घोषणा गर्ने बजेट भाषणमा नियमित नसमेटिने, लैगिंक पहिचान अनुसारको जन्मदर्ता, नागरिकता जस्ता सरकारी प्रमाणपत्र सहजै पाउन कठिन हुने , विवाहले कानुनी मान्यता नपाउने, बलात्कार लगायत यौनजन्य हिंसा तथा दुर्व्यवहारविरुद्धका कानुनमा नसमेटिँदा राज्यको सेवा सुविधा र न्याय पाउन गाह्रो भइरहेको र यो समुदायको जनगणना तथ्यांक प्रस्तुत गरी कार्य निर्देशिका बनाउनमा सहज हुने हुँदा यो आवश्यकसंगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मुद्दाहरुको बारेमा सरोकारवाला निकाय संग (एलजिबिटिआई क्यू)का प्रतिनिधित्व र मतदाता अधिकारसंग सम्बन्धी , वैवाहिक समानता ,समान रोजगारी र सामाजिक सुरक्षा योजना तथा भेद्भाव सम्बन्धी मुद्दाहरु विषयमा छलफल भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष राजनन्दन मंडल, वडा नम्बर ९ का वडा अध्यक्ष प्रमेश्वर साह,कार्यपालिका सदस्य मनिषा कुमारी,वडा नं १० का सचिव जमुना भूजेल, अभियानी सुभद्रा आले,धीरज साह, इन्सेकका राजु पासवान,ओरेक धनुषाका सिर्जना एरियलको सहभागिता रहेको थियो।
Discussion about this post