मधेशटप सम्वाददाता
जनकपुरधाम । जनकपुरधाममा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ ।
केहीदिन पूर्व जानकी मन्दिर अस्पताल सडक खण्डमा स्थापना भइ सञ्चालनमा आएको मंगलम डाइगनोष्टिकको आयोजनामा शिविर सम्पन्न भएको छ।
तिरहुतिया गाछीमा शनिबार ७ बजेदेखि १० सम्म सञचालन गरिएको सो शिविरमा १ सय ३३ जनाले रगत तथा अन्य स्वास्थ्य जाँच गराएको मंगलमका प्रवक्ता घनश्याम मिश्रले जानकारी दिए ।
उनकाअनुसार ८९ पुरुष तथा ४४ जना महिलाहरुले जाँच गराइ लाभ लिएका छन् ।
शनिबार आयोजित शिविरमा सहभागी भइ जाँच गराएका विरामीहरुलाई मंगलमको कार्ड प्रदान गरिने आवश्यक परेको बेला जाँच गराउन आउँदा २० प्रतिशत छुट समेत प्रदान गरिने जानकारी प्रवक्ता मिश्रले दिए ।
अवैध रुपमा प्याथोलोजी एवम् विभिन्न चेकजाँचमा सेवाग्राहीहरु ठगिँदै आएको बेला मंगलमले गुणस्तरीय मात्र होइन सस्तो भरपर्दो सेवा दिने उद्देश्य राखी अघि बढ्नु यस क्षेत्रका सेवाग्राहीहरुको लागि वरदान साबित हुने विश्वास प्रवक्ता मिश्रले व्यक्त गरे ।
वीरगञ्जमा दुई दशक भन्दा बढी समयदेखि सेवा दिँदै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल मंगलमले जनकपुरधाममा पनि सेवा विस्तार गरेको छ ।
महोत्तरीको जलेश्वर नगरपालिकाको साडीमा जन्मेका डा.एके ठाकुरले आफ्नो जन्मभूमिमा सेवा दिने मुख्य उद्देश्य राखी डायगनोष्टिक सञ्चालनमा ल्याइएकोले निःशुल्क जाँच शिविरलाई अभियानको रुपमा अघि बढाउने बताए ।
धनुषा महोत्तरी मात्र नभइ मधेश प्रदेशकै विभिन्न ठाउँमा स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रमको साथै स्थानीय तहको समन्वयमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने प्रतिबद्धता उनले व्यक्त गरे ।
Discussion about this post