जनकपुरधाम । नेपाल प्रेस युनियन धनुषाको शनिबार बसेको बैठकले उपाध्यक्ष निरजंन कुमार साहलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्ने निणर्य गरेको छ ।
युनियन धनुषाका अध्यक्ष राजन कुमार सिंहको अध्यक्षता जनकपुरमा बसेको बैठकले सो निणर्य गरेका छन् ।
उपाध्यक्ष साहले लामो समयदेखि युनियनको आचरण विपरीत र युनियनको हित प्रतिकुल हुने गतिविधिहरु गर्दै आइरहेकोमा पटक पटक सचेत गराउँदा समेत अटेर गरी सामाजिक संजालमा युनियनको मानमर्दन हुने अभिव्यक्तिहरु दिदैँ आएका साथै नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियानमा युनियनको हीत विपरीत युनियन कै अधिकांश सदस्यहरुलाई नियत वश नवीकरण नगर्न भूमिका निर्वाह गरेको प्रमाणित भएपछि साहलाई साधारण सदस्यसमेत नरहने गरी सदस्यताबाट बर्खास्त गर्न सिफारिस गर्ने निणर्य गरिएको अध्यक्ष सिंहले जानकारी दिए ।
बैठकमा युनियनले नेपाल पत्रकार महासंघ धनुषा शाखाले शुद्धिकरणको नाममा युनियन धनुषालाई लक्षित गरी अधिकांश सदस्यहरुको नवीकरण नगर्ने गरेको निणर्यप्रति घोर आपति प्रकट गरेको छ । साथै कुनै पनि सक्रिय र क्रियाशिल सदस्यहरुको सदस्यता नवीकरणमा नेपाल पत्रकार महासंघ प्रदेश समिति कही कतै कसैको प्रभावमा नपरी तटस्थ भूमिका निर्वाह गर्न माग गरेको छ ।
तपाईको प्रतिक्रिया !