जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि ४६ करोड ७९ लाख ६५ हजार ३३० रुपैयाँ बजेट प्रस्तुत गरेको छ।
पिपरा गाउँपालिका प्रमुख रामजानकी यादवले शनिवार ११ औं गाउँ परिषद्मा उक्त बजेट प्रस्तुत गरेका छन।
सङ्घीय सरकार र प्रदेश सरकारवाट प्राप्त बजेट, आन्तरिक आम्दानी र दातृ निकाय एवं सङ्घ संस्थाबाट उपलब्ध स्रोत अनुमान विवरणका आधारमा सो रकमको बजेट प्रस्तुत गरिएको गाउँपालिका प्रमुख यादवले जानकारी दिए।
बजेटमा चालु तर्फ १० करोड ३५ लाख ९५ हजार ६२३ रुपियाँ र पुँजीगततर्फ १५ करोड १५ लाख ६९ हजार ७०७ रुपैयाँ (ससर्तबाहेक) बजेट विनियोजन गरिएको छ ।
पिपरा गाउँपालिका पक्की सड़क, सार्वजनिक भवन, विद्यालयमा पक्की भवन, पक्की नाला निर्माण, सिंचाइका लागि पक्की नहर निर्माण, सार्वजनिक स्थानमा शौचालयको व्यवस्था, बालविवाहमुक्त पालिका, कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यममा पढाइलगायतको योजना बजेटमा समेटिएको छ।
Discussion about this post