जनकपुरधाम । सरकारले न्यायपूर्ण व्यवहार नगरेको भन्दै अतिरिक्त हुलाक कार्यालय धनुषाका कर्मचारीहरु आन्दोलित भएका छन् ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने घोषणा गरेपछि उनीहरु आन्दोलित भएका हुन् ।

नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनको अगुवाइमा उनीहरुले जिल्ला हुलाक कार्यालय अगाडि धर्नामा बसेका छन् । अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरु विभिन्न ४ बाँदे माग अगाडि सारेका छन् ।