जनकपुरधाम । राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य रामबाबु यादवले आफू बचतकर्ताको रकम लिएर फरार भएको गलत हल्ला फैलाइएको दावी गरेका छन् ।
श्रमजीवि बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष समेत रहेका यादवले बचतकर्ताको रकम लिएर फरार भएको केही संचारमाध्यममा आएपनि त्यसमा कुनै सत्यता नरहेको उनको दावी छ । केही दिन अगाडी मात्रै सहकारीको संचालक लाखौ रुपैयाँको अपचलन गरी फरार भएको समाचारहरु प्रकाशित भएका थिए ।
श्रमजीविमा नयाँ बचतकर्ताको इन्ट्री २०७६ सालबाटै बन्द गरिएको र तिर्नुपर्ने रकम बचतकर्ताहरुलाई बुझाउने प्रकृया चलिरहेको समयमा नियोजित हिसाबले आफूलाई फसाउनकै लागि कुप्रचार गरिएको श्रमजीविका अध्यक्ष यादवले दावी गरे । आफूलाई बदनाम गर्नकै लागि केही महिला लगाएर दुव्र्यवहार गराउन लगाइएको उनको भनाई छ ।
यादव जिल्ला दुग्ध सकारी संघका अध्यक्ष समेत हुन् । उनी संघकै कार्यालयमा कामहरुको समयमा बिना दर्ता भएका बचतकर्ताहरुको एक हुल त्यहाँ पसेर हुलहुज्जत गर्न खोजेका थिए । यादवले भने ‘त्यसपछि म आफैले प्रहरीलाई सम्पर्क गरेको र जिल्ला प्रहरी कार्यालय धनुषाकै रोहवरमा बचतकर्ताहरुलाई बुझाउनुपर्ने रकम साउन मसान्त भित्र फिर्ता गर्ने सहमति भएको छ ।’
प्रहरीकै रोहवरमा श्रमजीविका म्यानेजर सुनिलकुमार खर्गाले ५ लाख रुपैयाँ समेत बुझाएका थिए । सो रकम आफूले सानो रकम रहेको ३०÷३५ जना बचतकर्तालाई फिर्ता गरेको यादवले जानकारी दिए ।
यसअघि २०७६ साउन १ गते संचालक समितिको बैठक बसेर संस्थाको सम्पूर्ण कारोबार बन्द गर्ने र बचतकर्ताहरुको रकम फिर्ता गर्ने तथा ऋण असुली गर्ने निर्णय गरिएको थियो ।
यद्यपि संस्थाका म्यानेजर खर्गा पासबुक चोरेर नयाँ बचतकर्ताहरु संग रुपैयाँ उठाउन थालेपछि २०७९ असार १ गते संचालक समितिकै बैठकबाट बचत शेयर सम्बन्धित शेयर फिर्ता गर्ने, लगानी गरेको ऋण स्वयं खर्गाले असुल गर्ने, खर्गाको जिम्मा रहेको हिसाब फर्छयौट गर्ने र सो को दायित्व संस्थाले जिम्मा नलिने संस्थाका अध्यक्ष यादव र म्यानेजर खर्गाबिच सम्झौता भएको थियो ।
अध्यक्ष यादवका अनुसार श्रमजीविमा अवद्ध १ सय ३३ जना बचतकर्ताहरुमध्ये अधिकांशको फिर्ता भईसकेको र केहीको रकम फिर्ता गर्ने प्रकृयामा रहेको छ । जबकि संचालक समितिको निर्णय विपरित म्यानेजर खर्गाले खडा गरेको बचतकर्ताहरु लगभग १ सय बचतकर्ताहरुको रकम समेत खर्गाले चुक्ता गर्नुपने दायित्व हुन्छ ।
Discussion about this post