जनकपुरधाम । मंगलम डाईगनोस्टिक सेंटर जनकपुरधाममा दोस्रो पटक निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेको छ ।
विगत १ दशक देखि सेवा दिदै आइरहेका मंगलम जनकपुर शाखाले आफ्नो स्थापना दिवसको अवसर पारी शनिका शिविर संचालन गर्न लागेको जनाइएको छ ।
जनकपुरधामको देवी चौकमा मंगलमले शिविर संचालन गरेर मधुमेह र थाइराइडको निःशुल्क जांच गर्ने मंगलम डाइग्नोस्टिक सेन्टरका एमडी अर्थ ठाकुरले मधेशटपलाई जानकारी दिए ।
पर्साको वीरगञ्जमा डाक्टर र विरामीहरूको पहिलो रोजाइ बनेको ल्याब मंगलमले जनकपुरधाममा शाखा विस्तार गरेपछि स्थानीय जनकपुरबासी पनि उत्शाहीत देखिएका छन ।
हामी यहां आएपछि अब समय र पैसा दुबैको वचत मात्र हुने होइन जांचको गुणस्तरियतामाथि अब प्रश्न न उठ्ने अर्थको तर्क छ ।
ठाकुर भन्छन्,’ शनिवार बिहान ७ बजे देखि संचालन हुने शिविरमा थाइराइड र मधुमेहको निःशुल्क जांच गर्नुको साथै अन्य जांचमा २० प्रतिशत छुट दिने छौ ।
यस क्षेत्रमा चीनी र थाईराइडका बिरामीको संख्या दिनानुदिन बढ्दै गइरहेकोले हामी विपन्न र असहायलाई लक्षित गरेर निःशुल्क रुपमा शिविरहरू संचालन गर्न लागेको अर्थले बताए ।
उनले आफूहरु नियमित रुपमा समाजको सुख दुःखमा आफ्नो स्तर बाट सहयोग गर्ने बताए ।
शनिबार शिविरबाट भएको निःशुल्क शिविरमा १३३ लाभ उठाएका थिए ।
Discussion about this post