जनकपुरधाम । मंगलम डाइग्नोष्टिक सेन्टर जनकपुरधाम शाखाले आफ्नो दोश्रो निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
जनकपुरधाम- १० देवी चोकमा सम्पन्न शिविरमा ६६ जना महिला र ४१ जना पुरूषले रक्त चेक जाँच गरेको मंगलमले जनाएको छ । शिविरमा मधुमेह र थाइराइडको निःशुल्क चेकजाँच भएको छ ।
विगत एकदशक पूर्वदेखि पर्सा स्थित वीरगञ्जमा सेवा दिदै आइको मंगलम डाइग्नोष्टिक सेन्टरले आफ्नो शाखा विस्तारको क्रममा गत महिना मात्र जनकपुरधाममा शाखाको विधिवत शुभारम्भ गरेको थियो ।
वरिष्ठ डा.अमरनाथ ठाकुरले संचालनमा ल्याएको मंगलम ल्याब कम समय मैं चेक जाँचमा राम्रो बनेको छ ।
‘मंगलमका कर्मचारी नरेश लाभले भने,‘हाम्रो उद्देश्य मात्र पैसा कमाउनु होइन समाजलाई केही दिने पनि हो , त्यसैले निःशुल्क शिविरसंगै आफूहरुले अन्य जाँचमा पनि २० प्रतिशत छूट दिने गरेको बताए ।
उनले भने शनिबार बिहान ७ बजे देखि सुरु भएको शिविर १०ः३० बजे सम्म चलेको थियो । शिविरमा पुरुष भन्दा बढी महिलाहरहरू उपचारको लागि आएका बताए
गरीब , असहाय र विपन्नलाइ अवस्था हेरेर मंगलमले निःशुल्क जाँच समेत गर्ने गरेको र समाजलाई समेत यस बाट फायदा हुने गरेको मंगलम डाइग्नोष्टिक संचालन समितिको दाबी छ ।
Discussion about this post