नरेशचन्द्र बरबरिया
सिरहा । सिराहा नगरपालिका नं. १७ वडा कार्यालयको सहयोग र ग्रामीण समाज संरक्षण केन्द्रको आयोजनामा नि:शुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
आधारभुत विद्यालय पटेर्वाको प्राङ्गणमा सगरमाथा चौधरी आँखा अस्पताल बाट खटिएका डाक्टरहरु द्वारा आखा चेकजाँच भएको छ ।
आज सोमबार बिहान १०:३० बजे देखि शुरु भएको नि:शुल्क आँखा शिविरमा १ सय जनाको आँखा निःशुल्क परीक्षण गरिएको थियो।
निःशुल्क परीक्षण र औषधि वितरण गरिएको थियो भने सो शिविरबाट ३४ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया समेत ग्रामीण समाज संरक्षण केन्द्र ईनर्वा सुनसरीले गर्ने संचालक दयाराम यादवले जानकारी दिएका छन ।
। शिविरमा आँखा जाँच गराएकामध्ये २७ जनालाई निःशुल्क चस्मा वितरण गर्नुको साथै आँखामा सामान्य समस्या भएका ८७ जना बिरामीहरूलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो ।
आगामी दिनमा यस्ता कार्यक्रमहरु र लाभान्वित हुने विभिन्न कार्यक्रम ल्याउने सिरहा नगरपालिका वडा न.१७ का वडा अध्यक्ष उमेश प्रसाद यादवले बताएका छन ।
Discussion about this post