जनकपुरधाम : मंगलम डाइग्नोस्टीक सेन्टर जनकपुर शाखाले आफ्नो तेस्रो निःशुल्क स्वाथ्य शिविर सम्पन्न गरेको छ ।
जनकपुरधाम स्थित वडा नम्बर ११ लक्ष्मण अखाड़ा छेउ सामुदायिक विद्यालयमा सम्पन्न गरेको शिविरमा १३० जना महिला र ६४ जना पुरूषले शिविरबाट जांच गराई लाभ उठाएका छन ।
आजै मंगलम डाइग्नोस्टिक सेन्टर जनकपूर शाखा प्रमुख (प्रबन्ध निर्देशक) अर्थ ठाकुरलाइ स्थानीय आयोजनले सम्मान समेत गरेका छन ।
मनोकामना युवा कमिटिको विशेष आग्रहमा सेन्टरले शिविर राखेको र कम समय मैं समाजको लागि निरन्तर शिविरको माध्यम बाट आफ्नो योगदान दिएको भन्दै शाखा प्रमुख ठाकुरलाइ विशेष सम्मान प्रदान गर्यो ।
क्लवको सहकार्यमा आयोजित शिबिरमा जनकपुरधाम उपमहानगर पालिका उप प्रमुख किशोरि साहले समेत आफ्नो रगत परीक्षण गराई शिविरलाइ शुभारम्भ गरेका थिए । कार्यक्रममा क्लवका पदाधिकारी सँगै नेकपा एमालेका युवा नेता सुरेन्द्र भण्डारी लगायत नागरिक समाजको भव्य उपस्थित रहेको थियो ।
मंगलम सधै समाजको साथ रहने र आफुले सके सम्म सहयोग गर्ने शाखा प्रमुख ठाकुरले मधेशटॉपलाइ जानकारी दिएका छन । सम्मानित हुंदै ठाकुरले भने, ‘शिविरमा मधुमेह र थाइराइडको निःशुल्क चेकजांच भएको छ ।’ समाजमा अहिले यो रोगले जड़ जमाई सकेको हुनाले समय समयमा चेजजांच गराई राख्न शूझाव दिए ।’
विगत एकदशक पूर्व देखी पर्सा स्थित बीरगंजमा सेवा दिदै आइको मंगलम डाइग्नोस्टिक सेन्टरले आफ्नो शाखा विस्तारको क्रममा गत महीना मात्र जनकपुरधाममा शाखाको विधिवत शुभारम्भ गरेको थियो ।
वरिष्ठ डॉक्टर अमरनाथ ठाकुरले संचालनमा ल्याएको मंगलम ल्याब कम समय मैं चेक जांचमा बेस चर्चित बनेको छ ।
‘मंगलमका ज़न सम्पर्क अधिकारी नरेश लाभले भने, ‘ हाम्रो उदेश्य मात्र पैसा कमाउनु होइन समाजलाई केहि दिने पनि हो , त्यसैले निःशुल्क शिविर सँगै आफूहरुले अन्य जांचमा पनि २० प्रतिशत छूट दिने गरेको छू। ‘
शनिवार बिहान ७ बजे देखी सुरु भएको शिविर १०:३० बजे सम्म चलेको थियो । शिविरमा पुरुष भन्दा बढ़ी महिलाहरहरू उपचारको लागि आएको लाभले बताए ।
Discussion about this post