जनकपुरधाम । प्रस्तावित गुल्म मैनाथपुरको मिलेमतोमा मैनाथपुर गुल्मको जिम्मेबारी इलाका धनुषको चार ओटा बीओपी इनरवा,खजुरी ,मैनाथपुर र धनौजी रहेका छन्।
इनरवाबाट ब्यापक नेपाली रकसीको तस्करी हुँदै आएको छ । खजुरीबाट छोटे,अहसानले नेपाली टूथपेस्ट,फेयर लबली क्रीम लगायत अन्य नेपाली सामानको तस्करी गर्ने गरेको छ ।
दुहबीबाट राजीव महासेठ जसको कपड़ा पसल रहेको छ , किराना हार्डवेयर ,अल्बेस्टर , अवैध गुटखा , धनुषाको सबैला,यदुकोहा, विरेन्द्रबजार,धनुषाधाम र जनकपुरसम्म पठाउने गरेको बुझिएको छ ।
महासेठले नेपालवाट रकसी ,पेस्ट ,चाइनिज स्याउ , बलुवा र गिट्टीको पनी तस्करी गर्ने गरेको छ ।
सशस्त्र प्रहरी गुल्म मैनाथपुर मैं अविस्थत छ र दुहबी बोर्डरमा २४ घण्टा ड्यूटी रहुँदा पनि ड्यूटी बाला कै अगाडिबाट सयौँ बाइकमा सामान ओसार पोसार गर्ने गरेका छन् ।
ड्यूटी बालाले रोकन खोज्दा मेरो डिएसपी साबसीत क्लियर छ , घुमुवा चंद्रशेखर मंडलले आतंक मचाएको जनताको गुनासो रहेको बुझिएको छ ।
घुमुवा चन्द्रशेखर तस्कर महासेठको सामानलाई स्कोटिंगसमेत गर्ने देखि लिएर तस्करी सित सेटिंग मिलाउन माहिर छन् ।
चन्द्रशेखर मंडललाई घुमूवाको रूपमा परिचालन गरी कमाउ धन्दामा लागेका छन् ।
धनुषाको दुबही गाउ बस्ने चाची नाम गरेको ठूलो तस्करको छोरा राजीव महासेठले धनुषाको मैनाथपुर,दुबही नाकाबाट स्याउ, कपडा मटर, मरिच ,रक्सी, तेल, किराना आइटमलगायतको सामानलाई ओसार पोसार गर्ने र भारतबाट नेपाल भित्र्याउनेमा लाखौँ रकमको चलखेल गर्ने गरेको स्रोतले जनाएको छ ।
Discussion about this post