जनकपुरधाम । जनकपुर एम्बुलेन्स चालक संघलाई अब मुलुकका विभिन्न जिल्लामा गठन गर्ने जनाइएको छ ।
सोमबार बसेको संघको केन्द्रीय कार्य समितिको बैठकले २०७२ सालमै गठन गरिएको संघलाई मुलुकको विभिन्न जिल्लाहरुमा विस्तार गर्ने संघका अध्यक्ष महाशंकर ठाकुरले बताए ।
संस्था पुरानो भए पनि विभिन्न कारणले अगाडि बढ्न नसकेकोले अब त्यसलाई नेपाल भरि गठन गर्ने आफ्नो लक्ष्य रहेको अध्यक्ष ठाकुरले बताए ।
संघको बैठकले धनुषा, महोत्तरी र सिरहा तीन जिल्लाको तत्काल इन्चार्ज पनि तोकेको छ ।
संघको धनुषा एन्चार्जमा अरमान कुमार साह,महोत्तरी जिल्ला इन्चार्जमा बलराम श्रेष्ठ र सिरहा इन्चार्जमा श्रवण कुमार मण्डललाई जिम्मेवारी तोकिएको छ ।
त्यस्तै, संघको सल्लाकारमा डा.रामजी यादव, वैजनाथ साह र कानुनी सल्लाहकारमा विपिन कुमार झालाई चयन गरिएको छ ।
एम्बुलेन्स चालक सम्वेदनशील पेशा रहेको उल्लेख गर्दै यस पेशामा लागेका चालकहरुलाई मयार्दित,सुरक्षित बनाउनुको साथै एम्बुलेन्स धनी र चालकहरुको साझा हकहितमा संस्थाले काम गर्ने संघले जनाएको छ ।
Discussion about this post