जलेश्वर । महोत्तरी जलेश्वर नगरपालिका वडा ९ परिकौलीमा विद्यार्थी जनमत संघ र दर्शन डेन्टल क्लिनिक को सहकार्यमा निशुल्क दाँत शिविर सम्पन्न भएको छ ।
उक्त शिविरमा पाँच सय व्यक्तिहरुले आफ्ना दाँत को सफल चेकजाच गराएको विद्यार्थी जनमत संघ महोत्तरी का पूर्व अध्यक्ष सुमन कुमार चौधरीले जानकारी दिएका छन ।
परिकौली स्तिथ श्री जानकी परिक्षण माध्यमिक विद्यालयमा विद्यार्थी जनमत संघ महोत्तरी द्वारा आयोजना गरिएको निशुल्क दन्त शिविरमा विद्यालय का छात्र छात्र सहित स्थानियहरूको उपस्थिति रहेको थियो ।
शिविर को लाभ लिन पुगेका व्यक्तिहरु मध्य २३जना मा दाँत को गम्भिर समस्या भएको भेटिएको थियो भने केहिमा सामान्य दाँत का समस्या रहेको थियो ।
गम्भिर समस्या भएका व्यक्तिहरुलाई थप उपचार गर्नुपर्ने भएकोले दर्शन डेन्टल क्लिनिकले सहुलियत दरमा उपचार गर्ने जनाएको छ ।
शरीर लाई चाहिने पोषक तत्व र खानपान लाई सहजै शरीर भित्र पुरयाउन दाँतको मुख्य भूमिका रहेपनि प्रायः दाँत का समस्या प्रति हाम्रो त्यति चासो हुँदैन र समस्या नभएसमम् हामीले चेकजाच पनि गराउदैनौ जसकारण पछि गम्भिर प्रकृतिका रोग बाट ग्रसित हुँदा निकै समस्या भएकै भन्दै यस्ता शिविर हाम्रा लागि आवश्यक र फ़ायदाजनक रहेको विद्यार्थी नेता शिवम कुमार झा ले बताएका छन ।
शिविरमा विद्यार्थी जनमत संघ महोत्तरीको पूर्व जिल्ला अध्यक्ष सुमन कुमार चौधरी त्यस्तै विद्यार्थी नेता : शिवम कुमार झा , मो . इरशाद आलम , आकाश पासवान , राहुल ठाकुर , अर्जुन साह , सितेश ठाकुर लगायतका विद्यार्थी नेताहरू कार्यक्रममा उपस्थित थिए ।
तपाईको प्रतिक्रिया !