MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

‘मुखियापट्टीका अध्यक्ष जयकुमार भ्रष्ट छन्’

मधेशटप by मधेशटप
२०८० असार २८, बिहीबार २०:५६
0
‘मुखियापट्टीका अध्यक्ष  जयकुमार भ्रष्ट छन्’

जनकपुरधाम । असारे विकास काम सम्पन्न नहुँदै भुक्तानीको नमुना धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा देखिएको छ ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका -५ स्थित बहेडा टोलमा प्रदेश सरकारको सशर्त अनुदानमा निर्माण हुने पिसीसी ढलान सडकको निर्माण नसक्दिै भुक्तानी गरिएको आरोप लगाइएको छ ।

बहेडादेखि लवटोली जोडने सो बाटोको चेक गएको असार २४ गते काटेर भुक्तानी गरिसकिएको छ । तर निर्माण कार्य चाहीँ २६ गते रातिदेखि बुधबारसम्म गरिएको छ ।

स्थानीय अनिलकुमार यादवले निर्माण अघि नै भुक्तानी गर्नु गलत रहेको अरोप लगाएका छन् । उनले भने महिनौदिनसम्म काम थाति राखेको थियो । तर सरकारले निर्धारण गरेको समयावधि सकिएपछि हतार हतारमा कम रकममा कमसल काम गरेर बजेट कुम्ल्याइएको बताए ।

उनले भने भ्रष्टाचार गर्न गाउँपालिका अध्यक्ष जयकुमार यादवको निर्देशनमा उपभोक्ता समितिले लठैत लगाएर निर्माण कार्य गरेको छ ।

समयमा काम सम्पन्न नगरी रकम भुक्तानीपछि हतार हतारमा रातिमा कमसल काम गर्न लागेको स्थानीयले विरोध जनाउँदा ठेकेदारका लठैतहरुले प्रतिकार गरेको थियो ।

प्रमाणका लागि केही स्थानीयले मोबाइल फोटो तथा भिडियो खिच्न लाग्दा तिनीहरुको मोबाइलसमेत गाउँपालिका अध्यक्ष यादव भ्रष्ट रहेको स्थानीय अनिलले बताएका छन् ।

उनले भने एक त असारे विकास त्यसमा पनि रकम भुक्तानीपछि कस्तो गुणस्तरीय काम हुन्छ त्यो सहजै अनुमान लगाउन सकिन्छ । भ्रष्टाचार गर्ने उद्देश्यले गरिने निर्माण कार्यमा गाउँपालिका अध्यक्ष मतियारको रुपमा लठैतलाई स्थानीय विरुद्ध उतार्ने कार्य गलत रहेको आरोप स्थानीयवासीको रहेको छ ।

यसबारे वडाध्यक्ष कैलाश यादवले प्रदेश सरकारद्वारा ५० लाख र २५ लाख रुपैया गरी दूई चरणमा कार्य भएको हो । २५ लाखको काम पहिला नै भइसकेको र ५० लाखको काम जारी रहेको थियो । कहिले ढलान भयो थाहा भएन, चेक बनिसकेको आफूले थाहा पाएको हो । तर भुक्तानी अहिलेसम्म नभएको बताए ।

उनले भने असार २४ गते १२ बजे रातिमा गएपछि लेखापाल र प्रमुख प्रशासकीय अधिकृत अहिलेसम्म कार्यालयमा आएको छैन ।

चेक त बनेको छ तर अहिलेसम्म कसैलाई दिइएको छैन । कमसल काम भएको छ कि सही त्यो कुरा प्राविधिकले बताउने हो, आफूले भन्न मिल्दैन ।
यता गाउँपालिका अध्यक्ष जयकुमार यादवले निर्माण कार्य पहिला नै भइसकेको हो । केही ठाउँमा १० फिट जति हिलो भएको कारण छुटन गएको, प्राविधिकले मूल्यांकनमा ५० लाख मध्ये ७ लाख रुपैया कटापनि गरिसकेको छ ।

सोही बमोजिम चेक पनि बनेको छ तर दिइएको छैन । जहाँसम्म २६ र २७ गते निर्माण भएको कुरा हो त्यो मेरो घर नजिकै १० फिट जति छुटन गएपछि नगरपालिकाद्वारा सम्बन्धित ठेकेदारले ढलान गरेको हो ।

Previous Post

नि: शुल्क दन्त शिविर

Next Post

धारिलो हतियार प्रहार गरी युवकको हत्या

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० असार २८, बिहीबार २०:५६
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० असार २८, बिहीबार २०:५६
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० असार २८, बिहीबार २०:५६
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० असार २८, बिहीबार २०:५६
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० असार २८, बिहीबार २०:५६
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० असार २८, बिहीबार २०:५६

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति