जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका भातृ संगठन लोकतान्त्रिक युवा संघ धनुषाको अध्यक्ष प्रशान्त झाले पार्टी पदबाट राजीनामा दिएका छन् ।
पार्टी तथा नेतृत्वसँग असन्तुष्टि पोख्दै अध्यक्ष झाले पदबाट राजीनामा दिएका छन् ।
उनले पार्टीले संगठन सुधार र सांगठनिक निर्माणका गतिविधिहरुमा ध्यान नदिइ सत्ता लिप्सामा लिन भएको प्रति असन्तुष्टि जनाएका छन् ।
उनले पार्टी नसच्चिए पार्टी नै परित्याग गर्ने चेतावनीसमेत दिएका छन् । झाका अनुसार उनी पार्टी परित्याग गर्ने मुडमा पुगिसकेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुक स्टाट्समार्फत पदबाट राजीनामा दिएको जानकारी गराउदै लेखेका छन्,-‘पार्टीभित्र संगठन सुधार र सांगठनिक निर्माण गतिविधिहरु अविलम्ब अगाडी नबढे आगामी राजनीतिक यात्रा सम्पूणर् साथीभाइ, शुभचिन्तकहरुको सल्लाह सुझाव अनुसार निणर्य लिने पनि जानकारी गराउन चाहन्छौँ ।’
मधेश आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका झा लोसपामा राजेन्द्र महतो निकट मानिन्छन् । पछिल्लो समय पार्टीप्रति असन्तुष्टि जनाउदै आएका उनले क्रमशः पार्टी नै परित्याग गर्ने मुडमा पुगिसकेका छन् ।
तपाईको प्रतिक्रिया !