MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

मैथिली भाषामा पाठ्यपुस्तक निर्माण : सल्लाह-सुझावको लागि मेयरको आग्रह

मधेशटप by मधेशटप
२०८० श्रावण २, मंगलवार ०८:३४
0
मैथिली भाषामा पाठ्यपुस्तक निर्माण : सल्लाह-सुझावको लागि मेयरको आग्रह

उमेश कुमार साह

बोदे बर्साइन । सप्तरीको बोदे बर्साइन नगरपालिकाले स्थानीय स्तरको विषयवस्तुलाई समेटेर मैथिली भाषामा पाठ्यपुस्तक निर्माण गरेको छ । नगरपालिकाले शिक्षक निर्देशिका भने नेपाली भाषामा तयार गरेको छ ।

पालिका भित्रका विभिन्न विषय वस्तुलाई विद्यालयमा अध्यापन गराउन स्थानीय तहले पाठ्यक्रम तयार गरेर सोहीअनुसार पाठ्यपुस्तक विद्यालयमा पठनपाठन गराउने तथा तयार पारिएको आधारभूत तहको स्थानीय पाठ्यक्रम स्वीकृतको क्रममा रहेको नगर शिक्षा शाखाले जनाएको छ । एकीकृत पाठ्यक्रममा आधारित कक्षा १ देखि ८ सम्मका पाठ्यक्रम निर्माण गरिएको छ ।

कक्षा १ देखि ३ सम्म एकीकृत ढाँचामा तयार गरिएको पाठ्यपुस्तक निर्माण गरेर शैक्षिक सत्र २०८० मा परीक्षणका रूपमा कक्षा १ मा मात्र लागू हुने नगर शिक्षा अधिकृत रामसागर यादवले बताउनुभयो ।

उनका अनुसार नगर कार्यपालिकाको बैठकले आधारभूत तहको पाठ्यक्रम स्वीकृत गरेपछि कार्यान्वयनको चरणमा जाने छ । ‘पाठ्यपुस्तक निर्माणका लागि भाषा विज्ञ तथा स्रोत शिक्षक एवं पाठ्यक्रम विकास केन्द्रका अनुभवी पाठ्यक्रमविद् तथा जनप्रतिसँग छलफल गरी तयार पारिएको छ, अब यसलाई कार्यान्वयन गरिने छ,’ यादवले भने ।

तयार पारिएका पाठ्यक्रममा मैथिली भाषाको आफ्नै तिरुहुत लिपिको विषयवस्तु समेटिएको छ । पाठ्यक्रममा स्थानीय तहमा रहेका सांस्कृतिक पक्ष तथा पर्याप्त मात्रामा मैथिली शब्दार्थ प्रयोग गरिएको छ । स्थानीय आवश्यकता अनुसारको विषयवस्तु भएको हुँदा सिकारुका लागि रोचक विषय हुने विश्वास स्थानीय अधिकारीले गरेका छन् ।

बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवका अनुसार नेपालको संविधानको मौलिक हकअनुसार मातृ भाषामा शिक्षा प्राप्त गर्ने व्यवस्था गरिएको छ । सोहीअनुरूप नगरभित्र रहेका ३० वटै सामुदायिक विद्यालयमा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार आधारभूत तहका विद्यालयमा मातृ भाषामा स्थानीय विषयको पाठ्यक्रम लागू गर्ने नगरपालिकाका नगर प्रमुख यादवले जनाएको छ ।

Previous Post

निरन्तर उपप्रमुख मीरालाई अनुसन्धान म्याद थपियाे

Next Post

मुख्यमन्त्री यादवको राजीनामा माग गर्दै जलेश्वरमा प्रदर्शन

Related Posts

देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०८० श्रावण २, मंगलवार ०८:३४
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०८० श्रावण २, मंगलवार ०८:३४
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० श्रावण २, मंगलवार ०८:३४
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० श्रावण २, मंगलवार ०८:३४
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० श्रावण २, मंगलवार ०८:३४
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० श्रावण २, मंगलवार ०८:३४

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति